२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

धनगढी उपमहानगरको क्वारेन्टाइनमा ४३ जना भारतीय नागरिक

धनगढी– लकडाउन भएपछि नेपालमा अलपत्र परेका भारतीयहरुलाई धनगढी उप–महानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ।

भारतको पिथोडागढ जिल्लाको धार्चुला पुल नजिक अलपत्र परेका नेपालीहरुलाई भारतको उत्तराखण्ड सरकारले भारतमा नै क्वारेन्टाइनमा राखेर सहयोग गर्ने सहमतिपछि नेपालमा अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको हो।

यसै क्रममा कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिनगर माविमा स्थापना गरिएको क्वारेन्टाइनमा ४३ जना भारतीय नागरिकलाई राखिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका भारतीय नागरिकहरुलाई बुधबारबाट त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो।

स्थानीय प्रशासन , नेपाल भारत मैत्री संघसँग समन्वय गरेर क्वारेन्टाइनमा राखिएको नगरप्रमुख वडले बताए। क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको धनगढी उप–महानगरपालिका स्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्ययले बताए।

उनले भने, ‘अहिलेसम्म सबैको अवस्था ठिकै छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण गरिएको क्वारेन्टाइनमा राखेका छौँ।’

उनीहरुको खाना, पानी लगायत सबको प्रबन्ध धनगढी उपमहानगरपालिकाले नै गरेको छ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०७६ चैत्र २०

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP