अछाम : मंगलबारबाट साफेवगर नगरपालिका पनि बन्द गर्ने निर्णय भएको छ । नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै चैत्र ११ गतेवाट आकस्मिक वाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला स्वास्थ्य तथा सरसफाइ सेवा बाहेक कार्यालयले प्रदान गर्ने सबै सेवा २१ गते सम्मको लागि बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।
कोरोना प्रभावित मुलुक भारतवाट थुप्रै जिल्लाबासी भित्रीरहेकाले अछामको साफेवगर निकै जोखिममा रहेको नगरपालिकाको ठहर छ । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरभित्र भिडभाड नगर्न तथा सजकता अपनाउन आग्रह गरेको छ ।
नगरले विज्ञप्ती मार्फत कोरोना संक्रमण हुनवाट बच्ने उपायहरु अपनाउन र त्यस्ता लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न समेतअनुरोध गरेको छ ।
शिद्वेश्वर हाटवजार बन्द
साफेवगर नगरपालिका वडा नम्वर ३ शिद्वेश्वरले पनि वडामा रहेको हाट बजार बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन वजार बन्द गर्न लागिएको वडाध्यक्ष कृष्ण बुढाले बताए ।
अध्यक्ष बुढाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको आपतकालिन बैठकले सो निर्णय गरेको हो । सोमबारबाट वजार बन्द हुने भएपनि अत्यावश्यक सेवा स्वास्थ्य सेवा, बैंक सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।
खाद्यान्न, तरकारी तथा मासु जन्य पसल प्रत्येक दिन विहान ८ वजे देखि १० वजेसम्म प्रहरिको निगरानिमा मात्रै खोलिने वताईएको छ ।
बैठकले वडाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय वजार अनुगमन तथा नियमन समिति पनि गठन गरेको छ । समितिले सोमबार देखि नैे वजार अनुगमन तथा स्टक सामानको विवरण पनि लिने बताइएको छ । मंगलबार देखी सामानको अभाव सिर्जना गर्ने र कालोवजारी गर्ने ब्यापारी फेला परे कार्वाही गर्ने समितिले निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय प्रमुख नरवहादुर कुवर र साफेवगर नगर प्रमुख कुलवहादुर कुवरको समेत उपस्थित रहेको थियो ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...