१) तीजले लहर ल्याउँछ खुशीयाली आउँछ ।
नारीको चेहरा खुसी मिठो मुस्कान छाउँछ ।।
२) श्रृद्धापूर्वक तीजलाई महिला मनाउँछन् ।
पतिदेवको दीर्घायुको विश्वास जनाउँछन् ।।
३) दिदीबहिनी माइत आउँछन् भाइले निम्तो पठाई
फुर्सद नपाउने भाई डाक्छन् अन्य खटाई ।।
४) भाद्र शुक्ल द्वितीयामा दर खान्छिन नारी ।
रातभरि गाउँछन खान्छन् अनेक परिकार पारी ।।
५) भाद्र शुक्ल तृतीयामा शिवको पुजा गर्छन् ।
हाँस ख्याल नाच गान सबै दंग पर्छन् ।।
६) सबैका मुखमा मुस्कान तीजका गीत गाउँदै ।
शिव मन्दिर जम्मा हुन्छन् घरबाट आउँदै ।।
७) गीतमा मनका दर्द पीडा र वेदना ।
नारी हकका गीत गाउँछन जगाई चेतना ।।
८) तीजले नारीको हक कति उच्च हुन्छ ।
आद्याशक्ति, महाशक्ति नारी के के बन्छ ।।
९) सभ्यता र संस्कृति महिला बचाउँछन् ।
प्रकृतिभैm हरियाली देशलाई सजाउँछन् ।।
१०)आद्याशक्ति, मातृभाव गृहलक्ष्मी नारी ।
देव मानव रक्षा गर्छिन् दानव शक्ति मारी ।।
११) नारीका त्याग र तप पातिव्रत्य धर्म ।
पतिलाई जीवित पारिन् कति ठूलो कर्म ।।
१२) यो व्रतमा पति आयु लम्व्याउनलाई व्रत ।
भोकै बसि पानी नखाई गर्छन सबै क्रत ।।
१३) नारी सम्मान बन्छन् आपैm अर्धनारीश्वर ।
नारीको सम्मान गर्छन्श्रेष्ठ ती ईश्वर ।।
१४) पुराणमा तीज व्रत श्रेष्ठ व्रत मान्दछन् ।
व्रतमा सबैमा श्रेष्ठ तीजलाई ठान्दछन् ।।
१५ ) भविष्योत्तर पुराण वर्णन यो व्रतको वारे ।
शिवजीले पार्वतीको इच्छा पुरा पारे ।।
१६) पार्वतीले कैलाशमा शिवजीलाई सोधिन् ।
श्रेष्ठ व्रत वेद नदी ग्रह जान्न खोजिन् ।।
१७) पार्वतीले बिन्ती गरिन्श्रेष्ठ व्रत वारे ।
व्रत, वेद, नदी ग्रह शिवले प्रकाश पारे ।।
१८) नदीमा गंगा जी श्रेष्ठ नक्षत्रमा चन्द्र ।
ग्रहमा सुर्यदेव श्रेष्ठ इन्द्रियामा मन छ ।
१९)पुराणमा महाभारत वेद्मा श्रेष्ठ साम ।
व्रतमा तीज छ श्रेष्ठ मिल्ने शिव धाम ।।
२०) तिमीले मलाई पायौ यो व्रत गरेर ।
सखीको सुझाव मान्यौ विश्वास परेर ।।
२१) नारद पिताका तिम्रा दरवारमा पुगे ।
छत्तीस लक्षणयुक्त तिमीलाई देखे ।।
२२) लगाए पितालाई विन्ती विष्णु जवाई बनाउ ।
विण्णु योग्य पुत्री तिम्री विष्णुलाई मनाउ ।।
२३) तिम्रा पिता खुसी भए स्वीकृति नै दिए ।
नारदले विष्णुलोक आफ्नो बाटो लिए ।।
२४) विष्णुलाई लगाए विन्ती कन्या खोजी आएँ ।
हिमवान राजाकी पुत्री खोजे जस्तै पाएँ ।।
२५) विष्णुजी मुस्काए मात्र जवाफ दिएनन् ।
अन्तर्यामी सबै देख्ने केही चासो लिएनन् ।।
२६) पार्वतीले शिव्लाई पति स्वीकार गरेकी ।
कसरी पितालाई भन्ने समस्या परेकी ।।
२७) मर्छु बरु सखी सामु आफ्ना दुःख राखिन् ।
कसरी अवज्ञा गरु सही मार्ग मागिन् ।।
२८) सखीले हरण गरि जंगलतिर लगिन ्।
नदी किनार जंगलभित्र एउटा गुफा देखिन् ।।
२९) गुफामा सखीका साथ गुफा भित्र पसिन् ।
वालुवाको लिङ्ग बनाई तपस्यामा बसिन् ।।
३०)अन्न जल सबै त्यागी कठोर तप गरिन् ।
शिवजीको दर्शन पाउने विश्वासमा परिन् ।।
३१) शिवको जपना गरि कठोर तप पछि ।
शिवजीले दर्शन दिए गुफाभित्र पसि ।।
३२) पार्वतीले बिन्ती गरिन् शिव पति पाउँ ।
अर्धाङ्गनी शिवकी बनी दाम्पत्यमा आउँ ।।
३३) शिवले तथास्तु भने ईच्छित वर दिए ।
पार्वतीलाई वर दिई आफ्नो बाटो लिए ।।
३४) पार्वतीले मूर्ति फुल नदी लगि सेलाईन् ।
पिताजी के भन्छन भनि मनमा कुरा खेलाईन् ।।
३५) छोरी खोज्न हिमवानले कति प्रयास गरे ।
पार्वतीलाई नपाउँदा मुर्छा पनि परे ।।
३६) कि सर्पले बाघ भालु राक्षसले खायो कि ?
मेरो छोरी हरण गर्न कोही दुष्ट आयो कि ??
३७) छिन छिनमा मुर्छित पर्ने हाय पुत्री भनी ।
सैनिक चिन्तित हुन्थे उनको पुकार सुनी ।।
३८) त्यस दिन त नदीका किनार पार्वतीलाई पाए ।
हर्षले विभोर भई आफ्नो गला लाए ।।
३९) पिताले कवोल गरे तिम्रै इच्छा पुरा ।
तिमीले भनेको मान्छौ हुन्न अन्य कुरा ।।
४०) हिमवानले आफ्नी छोरी दरवारमा लगे ।
पार्वतीको विवाह गर्न गुरु पुरोहित डाके ।।
४१) सखीले हरण गर्दा हरितालीका भयो ।
यो व्रतको नाम पनि त्यसै नामले रह्यो ।।
४२) आलिभि सङनीद्धारा हरिता हरण ।
हरितालीका नाम रहयो शिवजीको वरण ।।
४३) शिवजीले विस्तारले पूर्ण कथा भने ।
पार्वती र शिवगणले ध्यान दिई सुने ।।
४४) यो व्रत व्रतमाश्रेष्ठ यो व्रत गरेमा ।
ईच्छित पाउँछन फल जे ईच्छा गरेमा ।।
४५) कन्या केटी यो व्रतले असल पति पाउँछन ।
गुणी ज्ञानी पति पाई सुख शान्तिमा आउँछन ।।
४६) पतिको दीर्घायु पाउँछन विवाहित नारी ।
सुख शान्ति वैभव पाउँछन सबै कष्ट टारी ।।
४७) सुदूरपश्चिम् तृतीयामा डिकरा पुज्दछन् ।
वालुवा पवित्र माटो भाडोमा मुच्दछन ।।
४८) वालुवा माटोलाई कुटी एउटैमा मिसाई ।
तामाको भाडोमा राख्छन पानीमा भिजाई ।।
४९) शिव पार्वतीको मुर्ति बनाई घाममा सुकाउँछन् ।
श्रृंगार पटार गरि कोठामा पुगाउँछन ।।
५०) साँझमा पुजने ठाउँमा सबै जम्मा हुन्छन् ।
पुजारीले हरितालीका व्रतको कथा भन्छन् ।।
५१) डिकरा र तीज पुजा हरितालीका अनि ।
नारीले पुजन गर्ने शिवको पुजा भनि ।।
५२) दिक्कर संस्कृत शब्द शिवजीको नाउँ ।
डिकराको पुजन हुन्छ सुदूरपश्चिम गाउँ ।।
५३) एक सय आठ सुते बत्ती अखण्ड बाल्दछन् ।
पुजा सकि मंगल फाग नाच गान थाल्दछन् ।।
५४) रातभरि जाग्रम बसि शिवपार्वतीका गीत ।
गितेरु दोहरी लाग्छन् हुन्छ हार जीत ।।
५५) प्रभात दोसरा दिन जलाशय धारा ।
विर्सजन गर्न जान्छन् मांगल गाउँदै सारा ।।
५६) घर आई गणेश पुजा गणेश चौथीमा ।
चेलीबेटी आइसक्छन पहिल्यै औंसीमा ।।
५७) अर्को दिन पंचमीमा ऋषि पुजा अनि ।
काँसका सप्तर्षि बनाई अरुन्धती पनि ।।
५८) तिन सय पैसठ्ठि दतुन पाप पखाल्नलाई ।
दातमा मंजन गर्नु वानी वसाल्नलाई ।।
५९) अरुन्धती ऋषि पत्नी सप्तऋषि पुजा ।
पुजा सकि करकल्लोको सातमा खान्छन भुजा ।।
६०) वर्षातको काम सकि पूmर्सदको छिनमा ।
मस्तले मनाउँछन् तीज तृतीयाको दिनमा ।।
६१) भोकै बस्दा स्वास्थ्य पनि सुध्रिएर आउँछ ।
पेटको पाचन शक्ति वृद्धि हुन पाउँछ ।।
६२) घरमा सद्भाव वढ्छ सुख शान्ति छाउँछ ।
तीजको व्रतको प्रसाद धन धान्य आउँछ ।।
६३) जय होस हिन्दु नारी सभ्यता बचाउँछौ ।
आफु दुःख कष्ट सहि संस्कृति जगाउँछौ ।।
६४) संकटमा रक्षा गर्ने आद्या शक्तिमाता ।
ईश्वरको बास हुन्छ नारी पुज्छन जता ।।
६५) पार्वती माता र शिवले सबको रक्षा गरुन् ।
सबैलाई आशिष दिउन सबका कष्ट हरुन् ।।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...