२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

चैते धान रोपाइँ शुरु

धानको पकेट क्षेत्रका रूपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ। राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ।

गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनको कार्यालयले जनाएको छ। 

चैते धानको क्षेत्रफल बढाउन किसानलाई अनुदानमा बीउ वितरण, धानको नर्सरी ब्याडलाई चिसोबाट जोगाउन किसानलाई प्लास्टिक वितरण, पावर ट्रिलर, रिफर जस्ता साना हाते मेशिनरी समूहमा वा व्यक्तिगत रूपमा पनि अनुदानमा सहयोग, सिँचाइका लागि मोटर, सिँचाइ प्रणलीमा व्यवस्थापन गर्न सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनका अध्यक्ष अग्निप्रसाद अर्यालले जानकारी दिएका छन्। चैते धानकै लागि राजापुर क्षेत्रमा चारवटा कस्टम हेयरिङ सेन्टरको स्थापना भइसकेको र यस वर्ष दुईदेखि तीनवटा स्थापना हुने तयारीमा रहेको अध्यक्ष अर्यालले बताए। 

राजापुर क्षेत्रका किसानलाई चैते धान उत्पादनमा आकर्षित गर्न राजापुर क्षेत्रमा सुपरजोनको कार्यालयको एक करोड ५० लाख तथा समूह अथवा व्यवसायीको समान लगानीमा तीन करोड बराबरको आधुनिक चामल उद्योग स्थापनाको प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका  प्रमुख  तपेन्द्रबहादुर शाहाले बताए। धान उत्पादनको दृष्टिले हब नै रहेको भौरा क्षेत्रको नगरपालिका र गाउँपालिकाका धेरथोर सबै वडामा धान रोपिने कार्यालयले जनाएको छ। रासस

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०७६ चैत्र ८

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP