खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर, खानेकुरा पकाउने र खाने क्रममा ति सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ । त्यती मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडावर्तन त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा गर्छ । त्यस्ता भाँडावर्तनमा खानेकुरा हामीलाई अनेक रोग लाग्ने गर्छ ।
हामीकहाँ धेरैथरी भाँडावर्तन प्रचलनमा छन् । जस्तो तामाको, स्टिलको, प्लाष्टिकको, माटोको, कांसको, फलामको । यसमध्ये कस्तो भाँडावर्तनमा खाना पकाउँदा र खाँदा स्वास्थ्यालाई फाइदा गर्छ ? कस्तो भाँडावर्तनमा हानी गर्छ ?
पित्तलको भाँडा
पित्तलको भाँडाको तापमा गुड कन्डक्टर हुन्छ । पुरानो जमानामा यसको प्रयोग धेरै हुन्थ्यो । पित्तलको भाँडामा खाना पकाउँदा र खाना खाँदा जुका पर्ने, कफ र वायुदोषको समस्या हुँदैन । यस्तो भाँडामा खाना बनाउँदा केवल ७ प्रतिशत मात्र पौष्टिक तत्व नष्ट हुन्छ ।
पित्तलको भाँडााले एसिड र नुनसँग प्रतिक्रिया गर्छ । त्यसैले अमिलो र नुनिलो खानेकुरा यस्ता भाँडामा पकाउनु उपयुक्त हुँदैन । अन्यथा फुड पोइजनिङ हुनसक्छ ।
तामाको भाँडा
केही अध्ययनमा के पाइएको छ भने खानामा पाइने अर्गानिक एसिड तामाको भाँडासँग प्रतिक्रिया हुँदा धेरै तामा पैदा गर्न सक्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसले फूड प्वाइजनिङ गराउन सक्छ ।
यद्यपि तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । राती तामाको भाँडामा राखिएको पानी बिहान खाली पेटमा पिउँदा रक्त शुद्ध गराउँछ । स्मरण शक्ति बढाउँछ । कलेजो सम्बन्धी समस्या हट्छ । त्यसो त पानी मात्र होइन, यस्तो भाँडामा भोजन गर्नुपनि लाभदायक मानिन्छ । तामाको भाँडाले खानेकुराको पौष्टिक गुण कायम राख्छ, नष्ट हुँन दिदैन । तर, तामाको भाँडामा दुध पिउनु भने हुँदैन ।
कांस
कांस चाँदीभन्दा थोरै सस्तो हुन्छ । अतः यसको प्रयोग मध्यमबर्गियमा अधिक हुन्छ । कांसको भाँडामा खानेकुरा पकाउँदा केवल ३ प्रतिशत मात्र पोषक तत्व नष्ट हुन्छ । साथै खाना खानको लागि यो भन्दा राम्रो अर्को धातु छैन । यसले तपाईंलाई एक होइन, अनेक फाइदा मिल्छ ।
कांसको थालमा खाना खाँदा रगत सफा हुन्छ । भोक बढाउँछ । यद्यपि कांसको भाडामा अमिलो चिज राख्नु उपयुक्त हुँदैन ।
माटो
माटोको भाँडावर्तन पनि प्रचलनमा छ । माटोको भाँडावर्तनमा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा खानेकुराको पोषक तत्व कतिपनि नष्ट हुँदैन ।
माटोको भाँडामा खाना पकाउँदा पोषक तत्व मिल्छ । दुध वा दुधबाट बनेको उत्पादन राख्न र खानका लागि त माटोको भाँडा सर्वोत्तम नै हो ।
स्टेनलेस स्टील
स्टेनलेस स्टील यस्तो धातु हो, जो अत्याधिक प्रयोगमा आउँछ । अधिकांशको भान्सामा हुन्छ । स्टीलको भाँडावर्तन राम्रो, सुरक्षित र सस्तो विकल्प हो । यसलाई सफा गर्न पनि निकै सजिलो हुन्छ । यद्यपि यसलाई खरिद गर्दा एउटा कुरा भने ध्यानमा राख्नुपर्छ, यस्तो भाँडावर्तन छनौट गरौं जसको मुनी कपरको लेयर लगाइएको छ ।
स्टीलको भाँडावर्तन हानिकारक हुँदैन । किनभने यसले न तापसँग क्रिया गर्छ न चिसोसँग । त्यसैले कुनैपनि अवस्थामा यसले हानी पुर्याउँदैन । तर, यो पनि सत्य हो कि स्टीलको भाँडावर्तनमा खाना पकाउँदा, राख्दा अतिरिक्त फाइदा पनि हुँदैन ।
ननस्टिक भाँडा
ननस्टिक भाँडाको सबैभन्दा ठूलो विशेषता के भने यसमा तेलको प्रयोग अत्यान्तै कम गरे पुग्छ । यसमा खानेकुरा डढ्ने वा टाँसिने समस्या हुँदैन । त्यसैले अहिले धेरैको घरमा ननस्टिक भाँडा राख्ने गर्छन् । यद्यपि तपाईंलाई थाहा छ यस्तो भाँडावर्तनले स्वास्थ्यमा केही प्रकारका समस्या ल्याउन सक्छ ।
ननस्टिक भाँडावर्तन धेरै तातो गर्दा यसको सतहमा निस्कने रसायन निकै हानिकारक हुन्छ ।
एल्मुनियम
एल्मुनियमको भाँडावर्तनको प्रयोग लगभग सबैजसो घरमा हुन्छ । एल्मुनियमको प्रेसर कुकुर सबैको घरमा पाइन्छ । तर, एल्मुनियमको प्रेशर कुकरमा खाना पकाउँदा ८७ प्रतिशत पोषक तत्व नष्ट हुन्छ । एल्मुनियमको भाँडावर्तनमा खाना सेवन गर्नु पनि राम्रो हुँदैन । यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्यान सक्छ ।
फलाम
गह्रौ र महंगो हुन्छ फलामको भाँडावर्तन । यद्यपि खाना पकाउनका लागि सबैभन्दा राम्रो हुन्छ फलामको भाँडावर्तनमा ।
शोधकर्ताका अनुसार फलामको भाँडाम खानेकुरा बनाउँदा उक्त खानेकुरामा फलाम तत्व पनि प्राप्त हुन्छ, जो स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
फलामको भाँडामा फोलिक एसिड पाइन्छ, जसले रगतको मात्रा बढाउँछ । यसका साथै फलामले केही प्रकारको रोग पनि निर्मूल गर्छ । यसले शरीर सुन्निने र पहेंलोपन आउन दिदैन । यद्यपि फलामको भाँडामा खाना पकाउनु मात्र उपयुक्त हुन्छ, खानका लागि भने होइन ।
प्लाष्टिक
प्लाष्टिकको भाँडावर्तन सहजै पाइन्छ । सस्तो हुन्छ । हेर्दा आकर्षक पनि । तर, प्लाष्टिकको भाँडावर्तनमा खानेकुरा खान उपयुक्त हुँदैन ।
श्यामराज ओझा नेपालको हालको शासकीय स्वरूप विश्वका उत्कृष्ट मध्य पर्छ।...