२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

निस्वार्थ जन सेवामा हाम्रा कदम : नगर प्रमुख जोशी

मुलुक संघियतमा गएपछि स्थापना भएको डोटी जिल्लाको शिखर नगरपालिका थुप्रै चुनौतीका बीच अथाह सम्भावना बोकेको नगरपालिका हो । भाडाको स्यानो कोठाबाट नगर सेवा सुरु गरेको नगरपालिकाले पहिलो बर्षमै आफ्नै भवनबाट सेवा दिन सफलन भएको थियो । अहिले नगरपालिकाले भवन, नगरबस, एम्बुलेन्स लगायतका थुप्रै संरचना तथा भौतिक सम्पति जोडी सकेको छ ।
लामो राजनीतिक अनुभव भएका व्यक्ति नगर प्रमुखको जिम्मेबारीमा रहेकाछन् । नगरपालिकाले नगरको विकास सँगै आफ्ना थुप्रै संरचनाहरु स्थापना गर्नु परिरहेको छ । अहिलेको अवस्थामा नगरसँग कोभिड १९ रोकथाम, नियन्त्रण तथा प्रवासबाट आएका नागरिकको व्यवस्थापनको चुनौती छ । प्रस्तुत छ अहिलेको समसामहिक बिषयमा रहेर शिखर समाचारले नगर प्रमुख सिताराम जोशीसँग गरेको कुराकानीको संपादित अंश !

१ ) नगर प्रमुख ज्यू, शिखर समाचारमा स्वागत छ ।

धन्यबाद !

२) अहिले केमा व्यस्त हुनुहुन्छ ?

भरकरै हामीले प्रवासमा अलपत्र नागरिकको उद्धार गरेका छौं । उद्धार कार्य जारी नै छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण, प्रवासबाट आएका नागरिकको व्यवस्थापन, नीति तथा कार्यक्रम र बजेटको तयारी, विभिन्न विज्ञ व्यक्तिहरु, संघ संस्थासँग समन्वय छलफल गरिरहेका छौं ।

नगर स्थापनाकाल देखि नगरको जिम्मेबारीमा रहे देखि निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता वाचालाई पुरा गर्दै, जनाताका हामीप्रतिका आशा, अपेक्षाहरु सम्बोधन गर्ने क्रममा छौं । नगरका भौतिक संरचना, नगरको पहिलो आवस्यकता, भौतिकपूर्वाधार, सडक, शिक्षा स्वास्थ्य, खानेपानी, कृषि, पर्यटनमा केन्द्रित भएर काम गर्दै आएका छौं । समग्रमा भन्नुपर्दा जनताले विश्वास गरेर यहाँ सम्म पुर्याएपछि निस्वास्र्थ रुपमा जनताको सेवामा तल्लिन छौं । अहिले सम्मका हाम्रा कदमहरु जनसेवामा समर्पित छन् ।

३) आगामी आर्थिक बर्षका लागि नगरपालिका के मा जोड दिदैछ ?

सबैभन्दा ठुलो मानिसको जीवन रक्षा हो । कोभिड १९ को सम्भावीत महामारीलाई नियन्त्रण गर्न हामी लागिपरेका छौं । जनताको जीउनधनको सुरक्षाका लागि कस्तो प्रभावकारी कार्यक्रम ल्याउन सकिन्छ त्यसमै केन्द्रित छौं । हामीले नीति तथा कार्यक्रममा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छौं । त्यही नीतिमा रहेर बजेटमाथि छलफल तिब्र पारिरहेका छौं ।

४) स्वास्थ्य क्षेत्रमा के गर्दै हुनुहुन्छ ?

स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्नेछौं, १५ शैयाको अस्पताल निर्माणका लागि पहल हुँदैछ । स्वास्थ्यकर्मी, औषधी ब्यवस्थापनमा कुनै पनि कमीहुन नदिन गृहकार्य गरेर ठोस कार्यक्रम ल्याउछौं । शिखरका कुनैबासीले बिरामी भएर, उपचार नपाएर कोभिड १९ का कारण ज्यान गुमाउनु पर्ने छैन । के समस्या छन्, ति जनप्रतिनिधीहरुलाई खुलस्त राख्ने बाताबरण बनाउछौं । अरुको उक्साहटमा , बिरोधका पछि नलागि नगरपालिकासंग समयमै दुख बिराम बताएमा हामीले के गर्न पर्छ सबै सहयोग गर्न सकिने संयन्त्र बनाइरहेका छौं । कुनै पनि जनतालाई सरकार नभएको अनुभुति हुन दिने छैनौं ।

५) भारतबाट संयौं बेरोजगार युवाहरु आउनु भएको छ । उहाँहरुका लागि के छ ?

शिखरमा झण्डै ५ हजार युवाहरु रोजगारी गुमाएर आउनु भएको छ । उहाँहरु प्रति हामी चिन्तित छौं । अब खाद्यान्न संकट हुने, बिभिन्न समस्या देखा पर्नेवाला छ । त्यसका लागि रोजगारी सृजना गर्न जरुरी छ । शिखरमा आगामी आबमा मेसिन उपकरणहरुको प्रयोगमा कमी ल्याएर मानव संशासनको उपयोग गर्नेछौं । बिकास निर्माण कार्यमा युवाहरुलाई दैनिक ज्यालादारी दिएर रोजगार सृजना गर्नेछौं । त्यसले केही हदसम्म गाउघरमै काम गर्ने अवसर सृजना हुनेछ ।

६) स्वरोजगारका कार्यक्रम ल्याउनु हुन्न ?

हामीले बिभिन्न बिज्ञहरुसंग पहिलो चरणमा छलफल गरेका छौं । अर्को चरणमा बित्तिय संस्थाहरु संग पनि छलफल गरेका छौं । आफ्नो सानो पुँजी लगानी गरी काम गर्न चाहने युवाहरुलाई सहुलियतपूर्ण क्रृणका लागि हामी समन्वय गछौं । साथै नगरपालिकाले पनि कृषिको आधुनिकरण गर्ने, बीउबिजन, मलखालमा अनुदान दिने कार्यक्रम ल्याएका छौं ।

७) आउन सक्ने खाद्यान्न संकट हटाउन के छ योजना ?

खाद्यान्न संकट आउन नदिन आधुनिक कृषि प्रणाली लागु गर्ने, कृषि उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने, व्यरोजगार युवाहरुलाई कृषिमा लाग्न प्रेरित गर्ने, एक गाउँ, एक उत्पादनको नीति अवलम्वन गर्ने, विभिन्न संघ संस्था तथा बिज्ञहरु संग समन्वय, सहकार्य र सल्लाह लिने जस्ता कार्यहरु अघि बढाएका छौं । यति गर्दा पनि नगरबासीलाई खाद्यान्न अभाव भएमा संकट टाल्न एक घर, एक रोजगार कार्यक्रम बनाएकाछौं । नगरको विकास निर्माणका योजनामा काम गर्ने, मजदुरी गर्ने नगरबासीलाई काम गरे बाफत खाद्यान्न उपलब्ध गराउँने जस्ता कार्यक्रमहरु ल्याएका छौं ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार २२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP