२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

अब दक्षिण पूर्वी एसियामा कोरोनाको महामारी फैलन सक्ने- डब्लुएचओ

कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो ।

संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बनेका लागि तत्काल कोरोना भाइरसविरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्ने उसको भनाई छ ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनेकी छन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउनु पर्छ ।’

कोभिड–१९ को संक्रमण केही क्षेत्रमा तीव्र गतिमा बिस्तार भएको देखिएको र अहिले निगरानी गरिएको भए पनि थप बिस्तार हुन नदिनका लागि राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन् । उनले भनेकी छन्, ‘हामीले स्पष्ट रुपमा धेरै काम तत्काल गर्नु पर्ने देखिएको छ।’

डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँचजनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल र भुटानमा एक–एकजनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ।

नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो, तर उनी उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन्।

Related News

नाथुराम गोड्से को हुन् ? गान्धीको हत्या किन गरे ?
नाथुराम गोड्से को हुन् ? गान्धीको हत्या किन गरे ?
  • २०७६ चैत्र ५

३० जनवरी, १९४८ मा भारतको राजधानी दिल्लीस्थित आफ्नो आश्रममा साँझ प्रार्थना गर्न निस्किंदै गर्दा हिन्दू अतिवादी नाथुराम गोड्सेले चलाएको गोलीबाट...

कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार
कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार
  • २०७६ चैत्र ५

डोटी- आदर्श गाउँपालिका–१ चाँसी कोरोना केन्द्र स्थल (कोरोना हब) बनेको छ । एउटै गाउँका ९० जना भन्दा बढीमा कोरोना भाइरसको...

रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान
रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान
  • २०७६ चैत्र ५

कैलाली– सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय...

TOP