२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, ताजमहल बन्द

दिल्ली- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान महाराष्ट्रको मुम्वइमा ६४ वर्षीय एक ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु जागरण अनलाइनले जनाएको छ । मुम्वइको कस्तुरवा अस्पतालमा उपचार ती व्यक्तिको मृत्यु भएको हो । उनको नाम खुलाइएको छैन ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट १२९ व्यक्ति संक्रमित भएका छन् ।

ताजमहल बन्द

कोरोना भाइरसको त्रास बढ्दै गएपछि भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण बाध्य भएर ताज महल बन्द गर्नु परेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

प्रेमको प्रतिकका रुपमा रहेको ताज महल अवलोकनका लागि दैनिक दशौँ हजार पर्यटक पुग्ने गर्छन् ।

भारतका अधिकांश ठाउँका शैक्षिक संस्थाहरु बन्द भएका छन् भने भीडमा नजान र धेरै व्यक्ति एकै ठाउँमा भेला नहुन अपिल गरेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP