२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बलिउड अभिनेता ऋषि कपूरको निधन

बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन् । उनी क्यान्सर रोगबाट पीडित थिए ।

कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए । गएको फेब्रुअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो ।

क्यान्सरसँग जुधिरहेका उनलाई स्वासप्रस्वासमा पनि समस्या भएकाले मंगलबार अस्पताल भर्ना गरिएको दाइ रणधीरले बताएका थिए ।

ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए ।

ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका हालका स्टार अभिनेता हुन्।

उनको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले आफू ‘क्षतविक्षत’ भएको उल्लेख गरेका छन् । बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म खण्डित भएँ ।’

अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ ।

उनको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी हो । उनी अभिनेत्री दीपिका पादुकोणसँग उनी हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारी थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख १८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP