२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार, संक्रमित १९ लाख २३ हजार नाघे

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ । 

पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २३ हजार नाघेको छ ।

सबैभन्दा बढी मृत्यु र संक्रमित अमेरिकामा भएको छ । त्यहाँ २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार नाघेको छ ।

चार लाख ४३ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा इटालीमा २० हजार ४ सयभन्दा धेरै छन् भने स्पेनमा १७ हजार ७ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ७० हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १४ हजार ९ सय नाघेको छ । बेलायतमा ११ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४५ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ४१ मा रोकिएको छ । जर्मनीमा मृत्यु हुनेको संख्या ३१ सय नाघ्दा बेल्जियममा ३९ सय नाघेको छ भने नेदरल्याण्डस्मा २८ सय नाघेको छ ।

भारतमा ३५८ जनाको मृत्यु हुँदा १० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । १२४८ जना पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएको छ । (एजेन्सी)

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ बैशाख २

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP