२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

कोरोना भाइरसबाट अमेरिकामा २० हजार बढीले ज्यान गुमाए

अमेरिका सबैभन्दा बढी नागरिक गुमाउने मुलुक

अमेरिका कोरोना भाइरस कोभिड-१९ बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक बनेको छ।

रोयटर्सका अनुसार कोरोना महामारी सुरु भएयता त्यहाँ २० हजार बढीको ज्यान गएपछि अमेरिका इटालीलाई पछि पार्दै शनिबार पहिलो नम्बरमा पुगेको हो।

इटालीमा कोरोनाका कारण हालसम्म १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन्।

अमेरिकाले यसअघि दुई साता संक्रमणले ल्याउने कठिन परिस्थितिका लागि तयार रहन आफ्ना नागरिकलाई चेतावनी दिएको थियो।

अमेरिकी सरकारले संक्रमणबाट १ लाखदेखि २ लाख ४० हजार नागरिकले ज्यान जाने अनुमान गर्दै आएको छ।

हालसम्म अमेरिकामा ५ लाख २० जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यू योर्क राज्यमा भेटिएका छन्। त्यहाँ १ लाख ८० हजारबढी जनामा संक्रमण भेटिएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ८३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

शनिबारसम्ममा अमेरिकाभर २ हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ। संक्रमणबाट अमेरिकामा एकैदिन यति धेरै जनाको मृयु भएको यो पहिलोपटक हो।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७६ चैत्र ३०

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP