२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

भारतमा एकै दिन हजार बढी संक्रमित : २ सय ९० जनाको मृत्यु

भारतको स्वास्थ्य मन्त्रालयले पहिलो पटक २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण भेटिएको जनाएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले देशभर ७ हजार ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको र २ सय ३९ जनाको ज्यान गएको जानकारी दिएको छ।

तर, टाइम्स अफ इण्डियाले आफ्नो मिडिया रिपोर्टमा भारतभर संक्रमित संख्या ८ हजार ४ सय २६ पुगिसकेको र  २ सय ९० जनाको ज्यान गएको दाबी गरेको छ।

यस्तै भारतको राजधानी दिल्लीमा बितेका २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ, जुन एकैदिन दिल्लीमा भएको उच्च मृत्यु संख्या हो।

पछिल्लो २४ घण्टामा १६६ वटा नयाँ संक्रमण पुष्टि भएको दिल्लीमा हालसम्म १ हजार ६९ जनामा संक्रमण भेटिएको छ। यो संख्या भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको महाराष्ट्र राज्यपछि दोश्रो हो।

भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्च(आईसिएमआर)ले शनिबार साँझसम्म १ लाख ६४ हजार ७ सय ७३ जना मानिसको १ लाख ७९ हजार ३ सय ७४ वटा नमुनाको कोरोना परीक्षण गरेको जनाएको छ।

उसले ती परीक्षणमा ४.३ प्रतिशतमा कोरोनाको संक्रमण भटिएको जानकारी दिएको छ।

भारतमा संक्रमणबाट महाराष्ट्र, दिल्ली, तमिलनाडु, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गना लगायतका राज्य धेरै प्रभावित छन्।

जारी संक्रमण संख्यालाई ध्यानमा राख्दै भारतले लकडाउन थप बढाउने योजना बनाएको छ। यो लकडाउन कम्तीमा २ साता बढ्ने बताइन्छ।  

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७६ चैत्र ३०

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP