२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

पाकिस्तानमा एकै दिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौँ — पाकिस्तानमा एकै दिन अहिलेसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा धेरै सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

यो सङ्ख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा उच्च भएको सरकारी अधिकारीहरूको भनाइ छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाकै कारणले २३ जनाको मृत्यु भएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म कुल २९ हजार ६५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ ७

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP