२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो, १९ सय १६ संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

बुधबारसम्म कोरोनाको संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १९ सय १६ जनामा संक्रमण देखिएको छ। 

सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा रहेका छन् भने त्यहाँ ११ जनाले ज्यान गुमाएका छन्।

उता पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। भारतको तुलनामा पाकिस्तानमा मृत्यु हुनेको संख्या कम रहे पनि संक्रमितको संख्या भने बढी छ।

पाकिस्तानको डन पत्रिकाका अनुसार त्यहाँ अहिलेसम्म २०३९ जनामा संक्रमण पुष्टि भइसकेको छ। पाकिस्तानको पन्जाबमा मात्रै ७०८ संक्रमित छन्।

अहिलेसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ४२ हजार बढीले ज्यान गुमाइसकेका छन्।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७६ चैत्र १९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP