न्युयोर्कको अति व्यस्त स्थान तथा जनघनत्व धेरै भएको न्युयोर्क सीटीमा कोरोना भाइरसको डरलाग्दो आक्रमण जारी छ । सीटीमा सोमबार दिउसो ६ घण्टाभित्रमा हरेक दुई दशमलब नौ मिनेटको अन्तरमा एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको बताइएको छ ।

न्युयोर्कको सीटी हलले जनाएअनुसार सोमबार बिहान साढे दशबजे सबै पाँचवटै बोरोमा ३६ हजार दुई सय २१ जना संक्रमितहरु देखिएका थिए । भने सो समयसम्म सात सय ९० जनाको मृत्यु भइसकेको थियो । तर दिउसो साढे चार बजेसम्म संक्रमितको संख्या ३८ हजार कटिसकेको थियो । मृतकको संख्या नौ सय १४ पुगीसकेको थियो । न्युयोर्क सीटीमा मात्र ३८ हजार संक्रमित हुंदा ७ हजार ७ सय ४१ जना अस्पतालमा भर्ना भएका छन । नेपालीहरुको अत्यधिक बसोबास रहेको क्वीन्समा १२ हजार सात सय ५६ जना संक्रमित भइसकेका छन । बु्रकलिनमा दश हजार एक सय भन्दा धेरै, ब्रङ्रसमा झण्डै सात सय र म्यानहाटनमा ६ हजार भन्दा धेरै र स्टेटन आइल्याण्डमा दुइ हजार एक सय भन्दा धेरै संक्रमित देखिएका छन । त्यस्तै मृतकहरुपनि क्वीन्समानै धेरै देखिएका छन । क्वीन्समा तीन सय पाँच जनाको ज्यान गइसकेको छ भने बु्रकलिनमा दुइ सय १६ र ब्रङ्रसमा दुइ सय १५ जनाले ज्यान गुमाइसकेका छन । म्यानहाटनम एक सय १९ जना र स्टेटन आइल्याण्डमा ५ड जनाको मृत्यु भइसकेको छ ।
न्युयोर्क राज्यमा २४ घण्टामा साढे दुई सयको मृत्यु
न्युयोर्कमा कोरोना भाइरसको असर झन झन बढ्दै गएको छ । मृतक र संक्रमितको संख्या थपिएका कारण न्युयोर्कमामात्र २४ घण्टामा दुई सय ५३ जनाको ज्यान गएको छ । न्युयोर्कमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या १३ सय ४२ भन्दा धेरै रहेको वल्र्ड ओ मिटर डट इन्फोले जनाएको छ । न्युयोर्कका लगभग सबै अस्पताल भरीएका छन भने कतिपय बिरामीलाई उपचार गर्ने स्थानको अभावमा घर फिर्ता पठाइएको छ । गम्भीर बिरामीलाईमात्र बेडको व्यवस्था गरी अन्य बिरामीलाई घर फर्काइएका कारण मृतक र संक्रमण बढ्दै गएको अनुमान गरिएको छ । सोमबार रातीसम्म न्युयोर्कमा संक्रमितको संख्या ६७ हजार तीन सय भन्दा धेरै छ । त्यसैगरी न्युयोर्कको छिमेकी राज्य न्यु जर्सीमापनि कोरोना भाइरसको भयावह अवस्था घटेको छैन । न्युजर्सीमा अहिले सम्म एक सय ९८ जनाले ज्यान गुमाइसकेका छन भने १६ हजार ६ सय भन्दा धेरै संक्रमित रहेका छन । न्युयोर्कका गभर्नर एण्ड्रू कुमोले यस्तो भयावह अवस्थामा सबैको सहयोग आवस्यक रहेको बताएका छन । त्यसैगरी सोमबार देखि एक हजार बेडको नयाँ अस्पतालपनि संचालनमा आएको कुमोले जानकारी दिएका छन । अमेरिकी सेनाको नया अस्पताल मंगलबारदेखि नै सञ्चालनमा आउने भएपछि उपचारमा केही राहत हुने दावी कुमोको छ ।
अमेरिकामा मृतकको संख्या तीन हजार नाघ्यो
अमेरिकाभरी कोरोना भाइरसको फैलावट तिव्र देखिएको छ । सोमबार रातीसम्म अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या तीन हजार एक सय भन्दा धेरै छ भने संक्रमितहरु एक लाख ६४ हजार दुई सय भन्दा धेरै छन । संक्रमितको संख्या अझै बढे्ने आशंका देखिएको छ । अमेरिकाका अधिकांश स्थान खुलै रहेका कारण पनि संक्रमण नरोकिएको चिकित्सकहरु बताउंछन ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...