२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

रेलका २० हजार डिब्बामा आइसोलेसन वार्ड, ३ लाख २० हजार बेड

एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न भारतमा यतिबेला २१ दिन लामो लकडाउन छ।

भारतमा कोरोनाबाट संक्रमित बन्ने र मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको छ। मंगलबार अपराह्नसम्म भारतमा १२ सय ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ३२ जनाले ज्यान गुमाएका छन्।

कोरोनाको बढ्दो प्रकोपसँग जुध्न भारतमा रेलका २० हजार डिब्बालाई आइसाेलेसन वार्डमा परिणत गरिने भएको छ। भारतीय रेल मन्त्रालयका अनुसार २० हजार डिब्बामा ३ लाख २० हजार बेड हुनेछन्। जहाँ कोरोना भाइरसबाट संक्रमित भएकाे आशंका गरिएकाहरुलाई राखिने छ।

क्वारेन्टाइन तथा आइसाेलेसनमा राख्नपर्ने मानिसहरुका लागि ठाउँकाे अभाव हुने भएपछि रेललाई कोरोना अस्पतालको रुपमा बदल्ने निर्णय लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रेलका डिब्बामा चिकित्सकसहितको टोलीसमेत रहने छ। उनीहरुका लागि छुट्टै क्याविनको व्यवस्था गरिने छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP