२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

कोरोना: भारतमा १० जनाको मृत्यु, ५ सयमा संक्रमण

काठमाडौँ- नेपालमा सरकारले सबै सर्वसाधारणलाई एक साताका लागि घरमै बस्न आदेश दिएकाे बेला छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गइरहेको छ।

मंगलबार बिहानसम्म ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने १० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

भारत सरकारले रेल, बससेवा, बजार सबै बन्द गरी लकडाउनको निर्देशन दिए पनि अवहेलना गर्नेहरुको संख्या पनि ठूलो छ।

महाराष्ट्र र केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा ९७ र केरलामा ९५ जना संक्रमित छन्। नेपालसँग सीमा जोडिएका पश्चिम बंगालमा ७, बिहारमा २, उत्तर प्रदेशमा  ३३ र उत्तराखण्डमा ५ संक्रमित भेटिएका छन्।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र ११

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP