भारतमा पत्नीले लुँडोमा पराजित गरेको भन्दै पतिले कुटपिट गरेका छन् ।
२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई लकडाउनको बेला उनीसँग लुडो खेल खेल्न लगाएकी थिइन् ।
उनका श्रीमान खेल खेल्न राजी भए तर, लगातार खेलमा हारेपछि उनलाई रिस उठेपछि उनले आफ्नी श्रीमतीसँग झगडा गरे र उनलाई यति निर्दयी भएर कुटे जसकारण उनकी पत्नीको ढाडको हड्डी बीच अन्तर देखा पर्यो ।
महिलालाई एउटा अर्थोपेडिक सर्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी हुन् ।
एक सल्लाहकारले उक्त व्यक्तिलाई शारीरिक यातना एक अपराध हो र यदि उनकी श्रीमतीले गुनासो गरेमा भनेर उनी पक्राउ पर्न सक्ने भनि चेतावनी दिएका छन् ।
पछि उनले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भइन् ।
उक्त व्यक्ति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दछन् जबकि उनकी पत्नी आफ्नो आम्दानीको लागि ट्युसन दिने गर्छिन् ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न लागू गरिएको लकडाउनमा अनलाइन गेमहरूको लोकप्रियता बढ्दै गइरहेको छ ।
तथापि, रमाइलो खेलले यस्तो हिंसात्मक अन्त हुनेछ भनेर धेरैले सोचेका पनि हुदैनन् ।
सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको...