२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

लकडाउनमा फसेका छोरा लिन आमाले स्कुटरमा तय गरिन् १४ सय किलोमिटरको यात्रा

भारतमा लकडाउनका कारण यतिबेला हजारौँ मानिसहरु अलग–अलग क्षेत्रमा फँसेका छन् । उनीहरु कतिबेला लकडाउन खुल्छ र घर फर्कियौँ भन्ने पर्खाइमा छन् । यस्तै एक घटना तेलंगाना राज्यमा देखिएको छ । त्यहाँ लकडाउनमा फँसेका आफ्नो छोरालाई लिन एक आमाले स्कुटरमा १४ सय किलोमिटरको यात्रा तय गरेकी छिन् ।

निजामाबादबाट सोमबार आन्ध्र प्रदेशको नेल्लोर हिँडेकी उनले बुधबार साँझ छोरा लिएर घर फर्किएकी थिइन् । निजामाबादबाट नेल्लोरको दूरी करीब ७ सय किलोमिटर रहेको छ ।

४८ वर्षीया रजिया बेग्मको सानो परिवार छ । परिवारमा उनको दुई जना छोराहरु छन् । उनको पतिको १५ वर्षअघि निधन भएको थियो । ठूलो छोरा इन्जिनियरिङमा ग्राजुएट छन् भने कान्छा छोरा निजामुद्दिन अहिले पढिरहेका छन् । डाक्टर बन्ने लक्ष्य लिएका उनी नेल्लोरमा थिए ।

उनले भनिन्, ‘एक महिलाका लागि यति लामो यात्रा सहज थिएन तर छोरालाई फिर्ता ल्याउने मेरो इच्छाशक्तिले मेरो डर सबै हरायो । मैले खानामा रोटी प्याक गरेर यात्रामा निस्किएँ । राति ट्राफिक पनि थिएन, सडक पनि खाली । डर त लाग्थ्यो तर मैले हिम्मत हारिनँ ।’

रजिया हैदराबादबाट करीब २ किलोमिटर दूर निजामावादस्थित एक सरकारी स्कूलमा हेडमास्टर छिन् ।

राजियाका अनुसार निजामुद्दिन गत १२ मार्चमा आफ्नो साथीलाई छाड्न नेल्लोर गएका थिए । तर, यसबीचमा कोरोनाभाइरसका कारण लकडाउन भएपछि उनी त्यहीँ फसेका थिए । ‘ठूलो छोरालाई पठाउन सक्दिनँ थिएँ किनभने उसँग धेरै आशा थियो । त्यही भएर म आफै जाने निर्णय गरेँ,’ उनले भनिन्, ‘जब मैले मेरो स्थिति स्थानीय प्रशासनलाई सुनाए, उनीहरुले मलाई यात्रा गर्न अनुमति तथा पास प्रदान गरे ।’

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र ३०

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP