२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

लुडो खेल्दा विवाद भएपछि श्रीमान–श्रीमती प्रहरी चौकीमा

एजेन्सि– लकडाउनको बेला घरमै लुडो खेलिरहेका श्रीमान–श्रीमती विच विवाद भएपछि भारतका एक जोडी प्रहरी चौकीमा पुगेका छन् । श्रीमतीले श्रीमानलाई खेलमा बेईमानी गरेको आरोप लगाउँदै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरी पछि प्रहरीले दुबै जनालाई भारतको फर्रुखाबाद स्थित मेरापुर थानामा सहमति गराई घर फर्काएको छ । पाँच महिना अघि विवाह गरेका ति जोडी लकडाउँनमा टाइमपास गर्न शुक्रबार आफ्नै घरमा लुडो खेलिरहेका थिए । श्रीमतीले श्रीमानलाई खेलमा बेइमानी गरेको आरोप लगाएपछि दुबै विच भनाभन भएको थियो । परिवारका सदस्यले सम्झाउँदा पनि नमानेर श्रीमतीले प्रहरीमा श्रीमानले आफुलाई कुटपिट गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेकी थिइन् ।

थाना बोलायर प्रहरीले सोधपुछ गरेपछि मात्रै लुडो खेल्दा भएको बिबादका कारण प्रहरीमा उजुरी गरिएको थियो । थानाध्यक्ष आरके रावतले लुडो खेललाई लिएर ति जोडी विच विवाद भएको बताए । उनका अनुसार थानामा दुबै विच सहमती गराएर घर पठाइएको छ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७६ चैत्र २९

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP