
डोटी- बडिकेदार गाउँपालिकामा पहिलो पटक उच्च गतिको इन्टरनेट (फोरजी) सेवा विस्तार गरिने भएको छ । नेपाल टेलिकमले जिल्ला भरिमा फोरजी सेवा विस्तार गर्ने जनाए पनि कोरोनाका कारण रोकिएको थियो ।
जिल्लाको जोरायल गाउँपालिकामा यस अघि नै फोरजी सेवा विस्तार भएको थियो । पछिल्लो समय नेपाल टेलिकम दिपायलले फोरजी सेवा विस्तारको कार्य अगाडी बढाएको छ । यस क्रममा बडीकेदार गाउँपालिकामा रहेका टेलिकमका तीन वटा टावरमा फोरजी डिभाइस जोड्नेकाम सुरु गरेको छ ।
गाउपालिकाको केन्द्र रहेको खडेउलीमा रहेको टावरमा डिभाइस जोडी समेको र अन्य दुई स्थान घागल र अतरकाडाको टावरमा डिभाइस जोड्ने कार्य सुरु गरेको नेपाल टेलिकम राजपुर दिपायलले जनाएको छ ।
फोरजी सेवा विस्तार हुने भएसँगै गाउँपालिकाको कामकाजमा सहज हुने र स्थानीयले सहजै सूचना पाउँने भएकाछन् । यस अघि इन्टरनेट कमजोर भएका कारण गाउँपालिकाको काममा समेत बाधा पुग्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । फोरजी सेवा सुचारु भएसँगै गाउँपालिकाको काम काजमा समेत सहजता हुनुका साथै स्थानीयले सहज रुपमा सूचना पाउँन सक्ने अध्यक्ष चन्दले बताए ।
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...