२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

वीरगञ्जका व्यापारीलाई कोरोना संक्रमण : परिवारजन क्वारेन्टाइनमा

पर्साको वीरगञ्जमा एकजना प्रतिष्ठित व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचार बाहिरिएको छ । बिभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार भारतको पटना मेडिकल कलेजमा भएको प्रारम्भिक परीक्षणमा वीरगञ्ज आदर्शनगरका शिवकुमार रुंगटालाई कोरोनाको संक्रमण देखिएको हो ।

रुंगटालाई पटना मेडिकल कलेजको प्रारम्भिक किट परीक्षणमा कोरोना संक्रमण देखिएको उनको परिवारजनलाई उदृत गर्दैे देश सञ्चार अनलाइनले समाचार लेखेको छ ।

पर्सा प्रहरी प्रमुख गंगा पन्तले प्रहरीलाई परिचालन गरेर वीरगन्जमा रहेका उनका परिवारजनलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताइन् । अहिले पर्सा प्रहरीले उनीहरुको निगरानी गरिरहेको छ ।

‘विश्वसनीय परीक्षणको रिपोर्ट सोमबार आउने भनिएको छ । तर, हामीले ती व्यक्तिका आफन्तलाई सेल्फ क्वारेन्टाइनमा राखेका छौँ, उनीहरुको निगरानी प्रहरीले गरिरहेको छ । अहिले घरभित्र ५÷६ जना रहेको रिपोर्ट छ । परिवारका केही अन्य सदस्य पटनामा सँगै रहेको जानकारी पाएका छौँ’, एसपी पन्तले भनिन् ।

जोखिम बढ्न नदिन प्रहरीले उच्च सतर्कता अपनाएको पन्तले बताइन् । रुंगटाको नमूना थप परीक्षणका लागि पुना पठाइएको परिवारजनले जानकारी दिएको छ ।

पर्साका सहायक सिडिओ ललित बस्नेतले परिवारजनलाई सेल्फ क्वारेन्टाइनमा राखिए पनि उनलाई कोरोना संक्रमण भए÷नभएको पुष्टि नभइसकेको र नमूना परीक्षणका लागि पुना पठाइएको जानकारी दिए ।

News24nepal.tv लगायतका सञ्चारमाध्यमले भने कोरोना पुष्टि भैसकेको समाचार प्रकाशन गरेकाछन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र ९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP