२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कोरोना त्रास: कैदीबन्दी भेटघाट बन्द

डोटी- जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ। कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो। अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। 

त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य जाँच गर्न एक छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ। 

उक्त टोलीले कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत तत्काल प्राथमिक उपचार गर्ने गरी औषधीसहितको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। 

कैदीबन्दीलाई अत्यावश्यकरुपमा भेट्न आउनुपर्ने अवस्था सिर्जना भएमा अनिवार्यरुपमा मास्क लगाइ साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको कारागार प्रशासन प्रमुख राजन केशीले बताए। -रासस
 

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७६ चैत्र ९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP