२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

कोरोना संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए । सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ । उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो ।

अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको बेलायतबाट प्रकाशित हुने वीनेपाली डटकमले लेखेको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेट गरी सान्त्वना दिन पाएका छैनन् । संखुवासभा समाज युकेले जिल्लाबासीलाई राईको परिवार आइसोलेसनमा रहेका कारण आफ्ना सदस्यहरुलाई पारिवारिक भेटका लागि अर्को सूचना जारी गरिने जनाएको छ ।

https://www.facebook.com/samacharshikhar/

Related News

बन्लेकमा स्वाथ्य शिविर : एक सय ३० जना बिरामीले लिए सेवा
बन्लेकमा स्वाथ्य शिविर : एक सय ३० जना बिरामीले लिए सेवा
  • २०७६ चैत्र ९

दिपायल – शिखर नगरपालिका – १० बन्लेकमा आयोजना गरिएको स्वास्थ्य...

TOP