२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

६ घण्टामा १३ हजार नेपाल भित्रिए

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका छन् । नेपाल प्रवेश गर्नेमा केही भारतीय नागरिकसमेत छन् ।

भारतमा कोरानाको संक्रमण फैलिन थालेसँगै रोजगारी बन्द हुन थालेपछि संक्रमणबाट जोगिन नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर ६ घण्टामा १३ हजार भन्दा बढी नेपाली घर फर्किएको क्वारेन्टाइनले जनाएको छ । शनिबार बिहान हजारौँको संख्यामा नेपालीहरू घर फकिँदा सीमामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई सम्हाल्नै गाह्रो परिरहेको छ ।

शनिबार बिहान भारतबाट फर्किनेको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्प भएका थिए । बिहान ६ बजेदेखि ११ बजेसम्म करिब १३ हजार मानिस नेपाल प्रवेश गरेका हुन् । नेपालीसँगै केही भारतीयहरू पनि नेपाल प्रवेश गरिरहेका छन् ।

सुदूरपश्चिमहरूको महत्त्वपूर्ण चाड बिसु आउन तीनसाता बाँकी रहँदा भारतमा रहेका सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासका कारण पहिले नै नेपाल भित्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य साना नाकाहरू बन्द गरेको जनाएको छ । गड्डाचौकीबाट पनि भारत नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

‘भारतमा भयावह अवस्था सिर्जना हुन थालेको भन्दै नेपालीहरू फर्किन थालेका हुन्’ खतिवडाले भने, ‘आजमात्रै हजारौँ नेपाली घर फर्किएका छन् ।’

भारतबाट आएका सबैको नाम र ठेगाना संकलनको काम भइरहेको प्रजिअले बताए । ‘भारतमा त्रास छ । उद्योग कलकारखाना सबै बन्द भए’ उनी भन्छन्, ‘बेरोजगार भएपछि घर फर्किनुपर्ने अवस्था थियो, त्यसमाथि कोरोनाको त्रासले सबै फर्किन बाध्य भए ।’

प्रजिअ खतिवडाले शंकास्पद देखिएका व्यक्तिलाई भने उपचारका लागि क्वारेन्टाइनमा पठाइने बताए ।

अहिलेसम्म भारतका २२ राज्यमा कोरोना फैलिएको छ ।

सुदूरपश्चिम प्रदेशका हजारौँ नागरिक रोजगारीका लागि गड्डाचौकी, र गौरिफन्टाको सीमा हुँदै भारत जाने गर्दछन् । भारतको नयाँ दिल्लीसँग छोटो रुट हुने भएकाले अधिकांश नेपाली गड्डाचौकी बनबासा हुँदै जाने गर्दछन् ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७६ चैत्र ८

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP