२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीको परीक्षणमा ७ जना शसस्त्र प्रहरी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि

डोटी- डोटीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा ७ जना शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रे दिपायलमा कार्यरत शसस्त्र प्रहरी रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं.४ का एक जना र वडा नं. ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

डोटीमा हाल ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक २८

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP