२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

होटलमा आइसोलेशन कक्ष बनाउँन तयार छौं : होटल व्यवसायी संघ

डोटी- होटल व्यवसायी संघ डोटीले कोरोना भाइरस फैलिन नदिन र आपतकालिन अवस्थामा आफुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै महामारी फैलिएको अवस्थामा होटलका वेडहरुलाई आइसोलेशन कक्ष बनाउँन तयार रहेको बताएको हो ।

संघका अध्यक्ष राजेन्द्र विक्रम शाहीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा कोरोना भाइरसबाट होटल ब्यवसायीहरु बढी जोखिममा रहेकाले उच्च सतर्कता अपनाउँन अनुरोध गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘बााहिरबाट होटलमा आउने माहुनाहरु मध्य कसैलाई पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले होटल ब्यवसायी र कर्मचारीहरु सिधै कोरोनाको जोखिममा रहन्छन । तसर्थ होटल ब्यवसायी र सम्वन्धित कर्मचारीहरुले एकदमै सावधानी अपनाउनु पर्ने आवस्यकता रहेको छ ।’
संघले आफ्ना ब्यवसायी र कर्मचारीहरुलाईे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सावुनपानीले मिचिमिचि हात धुन, सेनीटाइजरको प्रयोग गर्न, ग्राहकहरुवाट एकमिटरको दुरी कायम राख्न, भिडभाडमा नजान र सरसफाईमा बिषेश ध्यान दिन अनुरोध गरेको छ । साथै अहिलेको अवस्थामा तालिम, सेमीनार, वर्थडे र अन्य समूहमा हुने पार्टीहरु समेत नगर्न नगराउन अपिल गरेको छ ।

संघले विश्वमा मानविय संवेदना भन्दा ठूलो कुरा अरु केही हुन नसक्ने उल्लेख गर्दै कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा आवस्यकता परेका वखत होटलका वेडहरुलाई आइसोलेसन कक्ष वनाउन समेत तयार रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘हामीले हाम्रो तर्फवाट गर्न सकिने अन्य सहयोग र समन्वयका लागि सदैव तत्पर रहेको ब्यहोरा समेत सम्वन्धित सरोकारवाला हरुलाई जानकारी गराउन चाहन्छौ ।’

विज्ञप्ती मार्फत कोरोना भाइरस वाट आफु पनि वचौ र अरुलाई पनि वचाऔ भन्ने भावनालाई मध्यनजर गर्दै सम्पूर्ण होटल ब्यवसायीहरुलाई सचेत रहन समेत आग्रह गरिएको छ ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७६ चैत्र ८

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP