
डोटी- डोटीमा एक जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा केआईसिंह गाउँपालिकाका वडा नं. २ तिखातरकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
श्रीमानसँगै भारतबाट आएर होमक्वारेण्टाइनमा बसेकी महिलामा संक्रमण पुष्टि भएको केआईसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलबहादुर बोहराले बताए । संक्रमित महिला ७ महिने गर्भवती रहेको र उनको स्वास्थय अवस्था सामान्य रहेको उनले बताए ।
डोटी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५४ जनाको नमुना परीक्षण हुदा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार डोटीकी गर्भवती एक महिला सहित अछामका थप ४ जनामा संक्रमण पुष्टि भएको थियो ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...