२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

कोरोनाबाट सुरक्षित हुन सरकारले ‘लकडाउन’ गर्नुपर्छः डिला संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले कालोबजारी नियन्त्रणसँग सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले सरकारले गरेका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताएकी हुन् ।

उनले कोरोनाबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लकडाउन’ घोषणा गर्न माग गरेकी छन् ।

‘विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ को संक्रमणबाट जोगिन सरकारी पक्षबाट जारी भएका निर्देशन सबैले पालना गर्नुको विकल्प छैन्’, काठमाडौंपाटीसँग कुरा गर्दै सांसद संग्रौलाले भनिन्, ‘नेपालसँग खुला सिमाना रहेको भारतीय नाका बन्द गर्नुपर्छ । सरकारले सम्भावित जोखिम न्यूनिकरण गर्न लकडाउन गर्नुपर्छ ।’

सांसद संग्रौलाले अन्तर्राष्ट्रिय उडान र नाकाहरूमार्फत नेपाल आउने नागरिक र विदेशी पर्यटकहरूको स्वास्थ्य परीक्षणमा उच्चस्तरीय प्रविधि र आशंका लागेमा तत्कालै क्वारेन्टाइनमा पठाउनुपर्ने माग गरेकी छन् ।

‘धेरैजसो अन्तराष्ट्रिय उडान रोकिएका छन्, तर पैदलमार्गबाट आवतजावत रोकिएको छैन,’ सांसद संग्रौलाले भनिन्, ‘पैदलमार्गबाट आउनेहरूमाथि निगरानी र आवश्यक सतर्कता अपनाउनै पर्छ ।’

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र ७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP