डोटी- सुजङ्ग अस्पतालले स्वास्थ्य सेवा थप गरेको छ । डोटीमा बषौं देखि स्वास्थ्य सेवा दिदै आएको उक्त अस्पतालले गाईनो –महिला बिषेशज्ञ) सेवा थप गरेको हो । मंगलबार देखि अस्पतालले नियमितरुपमा उपलब्ध हुने गरेर गोल्ड मेडलिष्ट एम.बि.बि.एस., एम.डी. डाक्टर थप गरेको छ ।
पहाडी जिल्लाको एक मात्र ५० शैयाको उक्त अस्पतालमा बुधबार देखि बरिष्ठ प्रसुती तथा स्त्री रोग (निःसन्तान) बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डाक्टर पंकज प्रताप देवले सेवा दिने अस्पतालले जनाएको छ ।
पहाडी जिल्लाका महिलाहरुमा पाठेघर, स्तन र निःसन्तान सम्बन्धि बढी समस्या देखिने भएकाले अस्पतालले गाइनो सेवा सुरु गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । उनले व्यवसायीक लाभभन्दा सेवाभावलाई मध्यनजर गरी अस्पतालमा सेवा थप गरेको बताए । एउटा स्थानीय तहमा मात्रै तीन सय बढी महिलाहरुमा पाठेघरको समस्या रहेको बताउँदै बलायरले यस अघि अस्पतालले दिदै आएको गाइनो सेवालाई प्रभाकारी बनाई अझ त्या भन्दा थप स्वास्थ्य सेवा दिने गरेर १५ बर्ष अनुभवी बरिष्ठ प्रसुती तथा स्त्री रोग (निःसन्तान) बिषेशज्ञ डाक्टर थपेको जानकारी दिए ।
अस्पतालले यो भन्दा पहिला जिल्लाका बिभिन्न ठाउँमा बिभिन्न ब्यक्ति तथा स्थानीय सरकारसँगको सहकार्यमा पाठेघर तथा महिला रोग सम्बन्धि सञ्चालन गरेको निःशुल्क शिविरमा अधिकांस महिलामा पाठेघरको जटिल समस्या फेला परेको अस्पतालले जनाएको छ । त्यही समस्यालाई मध्यनजर गर्दै यहाँका जनतालाई अतिआवस्यक देखिएको गाइनो सेवालाई प्राथमिकता दिईएको प्रशासन प्रमुख बलायरले बताए ।
महिला विशेषज्ञ सेवा दिने सुजङ्ग अस्पताल पहाडी जिल्लामा गाइनो सेवा प्रदान गर्ने एक मात्र अस्पताल हो । यस अघि शिविरको भरमा औषधि उपचार गर्ने यहाँका महिला विरामिहरुले तराइ तथा भारतका अस्पतालहरुमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको थियो । अबका दिनहरुमा विरामिको औषधि उपचार, परामर्श, शल्यक्रियासँगै, निःसन्तान, बाँझोपनको उपचार समेत सुजङ्ग अस्पतालमै गर्ने व्यवस्था मिलाइएको बलायरले बताए ।
प्रशुति गृह काठमाडौं, कोषी अञ्चल अस्पताल लगायतका थुप्रै ठाउँको कार्यअनुभव भएका महिला रोग विशेषज्ञ डाक्टर पंकज प्रताप सुजङ्ग अस्पतालमा नियमित रहनेछन् । उनले महिलाको बाँझोपन पाठेघर खसेको वा खसे जस्तो हुने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनी मार्ग दुख्ने, चिलाउने, सुख्खा हुने, पोल्ने सेतो पानी बग्ने, गन्ध आउने, विविरा आउने, स्तन दुख्ने, स्तनमा गाँठागुँठी भएको मासु पलाएको जस्ता समस्याको उपचार गर्नेछन् । डाक्टर पंकज प्रतापलाई अस्पताल प्रशासनले मंगलबार नै एक कार्यक्रमका विच स्वागत गरेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै डाक्टर पंकज प्रतापले ग्रामिण महिलाको समस्यालाई मध्यनजर गर्दै शुद्ध सेवाभाव बोकेर डोटी आएको बताए । महिलाहरुमा अक्सर पाठेघरको समस्या देखा पर्ने गरेको बताउँदै उनले भने,‘कतिपय महिला दिदिबहिनिहरु सन्तान नपाएर पीडामा छन् । मैले यो क्षेत्रमा विगत १५ बर्ष देखि काम गर्दै आएको छु । धेरैको शल्यक्रिया तथा रोग निको गरेको छु । मेरो उपचारबाट धेरैले सन्तान प्राप्त गरेका छन् । मेरो सिप दक्षता म यो ठाउँमा पनि प्रयोग गर्छु । सबैको साथको अपेक्षा गरेको छु ।’
डा. यादव संगै सुजंङ्ग स्पतालमा एम.बि.बि.एस् डाक्टर ईन्द्रबहादुर माझी समेत कार्यरत छन् । अस्पतालले अहिले ओपिडी सेवा, गाइनो सेवा, चौबिसै घण्डा इमरजेन्सि सेवा, प्रशुती सेवा, सल्यक्रिया द्धारा प्रशुती सेवा, पाठेघरको शल्यक्रिया, डिजिटल भिडियो एक्सरे सेवा, ल्याव सेवा, महिला बिशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
यस क्षेत्रका महिलाहरुमा बढी स्वास्थ्य समस्या देखिने गरेकाले महिला बिशेषज्ञ सेवा प्रभावकारी र लाभदायक हुने स्थानिय शंकर कठायतले बताए । उनले भने,‘महिला विरामीहरुल उपचारका लागि बाहिर जाँदा धेरै खर्च हुने डरले, आर्थिक अवस्था कमजोर भएका कारण रोग लुकाउँने गर्छन् । अब त्यो समस्या समाधान भएको छ । अस्पतालले जनस्वास्थ्यलाई मध्यजनर गरेर थपेको सेवाप्रती खुसीछौं ।’
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...