२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

सेती अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु हुदै

धनगढी- सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना संक्रमित गम्भीर खालका बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गर्ने भएको छ । प्लाज्मा थेरापीबाट उपचार गर्न अस्पतालले प्लाज्मा दान गर्ने व्यक्तिको खोजी शुरु गरेको छ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले प्लाज्मा थेरापीबाट उपचार गर्न आवश्यक प्रकृया शुरु गरिएको बताए । ‘हामीले प्लाज्मा थेरापीबाट उपचारका लागि प्रकृया अघि बढाएका छौं’ सुचना अधिकारी श्रेष्ठले भने -‘त्यसका लागि प्लाज्मा दान गर्ने व्यक्तिको खोजी गरिरहेका छौं।’

प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमणबाट निको भएको कम्तिमा २ र बढीमा ६ हप्ता भएको व्यक्तिको रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित गम्भीर खालका बिरामीलाई प्लाज्मा चढाउने गरिन्छ।

संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरुले बताएका छन्।

सुचना अधिकारी श्रेष्ठले कोरोना संक्रमित गम्भीर खालका बिरामी आएमा प्लाज्मा थेरापीको प्रयोग गरिने छ । अहिले भने सेती अस्पतालमा कोरोना संक्रमित गम्भीर खालका बिरामी छैनन्।

कोरोना संक्रमित सामान्य बिरामीमा यो बिधि प्रयोग गरिदैन । प्लाज्मा थेरापी प्रयोग गर्दा बिरामीको पनि सहमति आवश्यक हुन्छ।

सरकारले देभरिमा प्लाज्मा थेरापी उपचार बिधिको प्रयोग गर्न सुचीकृत गरेका १५ अस्पताल मध्य सेती प्रादेशिक अस्पताल पनि एक हो।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ भाद्र १५

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP