२०७८ श्रावण १६, शनिबार
July 31, 2021, Saturday

सुदूरपश्चिमका थप ७५ जनामा कोरोना संक्रमण : संक्रमितको कुल संख्या ५ ,२२४ पुग्यो

सुदूरपश्चिममा आइतबार थप ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको ४ सय २० जनाको स्वाव परिक्षण मध्य ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गसिरएको परिक्षणमा ४२ गरी आइतबार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ५ हजार २ सय २४ पुगेको छ ।

डडेल्धुरा अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार आइतबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा सवैभन्दा बढी अछामका २३ जना रहेका छन् । उनका अनुसार अछामको मंगलशैन नगरपालिकाका १७ र पञ्चदेवल विनाय गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टी भएको छ ।

यसै गरी डडेल्धुराको गन्यापधुरा र अजयमेरु गाउँपालिकाका १र१ गरी दुई जना, बझाङको केदारस्यू गाउँपालिकाका २ र बुङ्गल नगरपालिकाका १ गरी ३ जना, दार्चुलाको मालिकार्जुन नगरपालिकाका १ जना र बैतडीको पाटन नगरपालिकाका २, सर्नुयाँ गाउँपालिकाका १ जना संगै जिल्ला अस्पताल बैतडीमा कार्यरत १ जनामा संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज भूषालले बताए ।

यसै गरी सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा गरिएको ४ सय स्वाव परिक्षणमा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा संक्रमण पुष्टी भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो साढे ३ बजे सम्मको विवरण अनुसार संक्रमित हुनेमा कैलालीको घोडाघोडी नगरपालिका १ महिला र ३ पुरुष गरी ४ जना, गोदावरी नगरपालिकाका ५ महिला र १० पुरुष गरी १५ जना, धनगढी उप–महानगरपालिकाका ४ महिला र ४ पुरुष गरी ८ जना, भजनी नगरपालिकाका १ महिला र ३ पुरुष गरी ४ जना, जोशीपुर गाउँपालिकाका १ परुषमा संक्रमण पुष्टी भएको छ ।

यसै गरी आइतबार नै कञ्चनपुरको पुनर्बास नगरपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना र पालिका नछुट्टिएका २ पुरुषमा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

उता डोटी प्रयोगशालामा गरिएको १ सय ३३ स्वाव परिक्षणमा भने सवै नमूनाको नतिजा नेगेटिभ आएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति उत्तम उपाध्यायले बताए ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ भाद्र ७

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ भाद्र ७

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ भाद्र ७

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP