२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सुदूरपिश्चममा थप १० जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको कुल संख्या ४ हजार ९ सय ६९ पुग्यो

सुदूरपश्चिम प्रदेशमा बिहीबार १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ८ र डडेलधुरा  अस्पतालमा गरिएको परिक्षणमा २ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्बर–१ का ३, साँफेबगर नगरपालिका अछामका २ तथा लम्की चुहा नगरपालिका, भिमदत्त नगरपालिका कञ्चनपुर र शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका १/१ जनामा कारोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ४ सय ७९ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 डडेलधुरा अस्पतालका इन्चार्ज इश्वरी भूषलका अनुसार डोटीका दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा ४ सय ७९ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६९ पुगेको छ ।

४,०८३ कोरोना संक्रमित निको भए

सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका ‘आइसोलेसन’बाट थप २८ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोनामुक्त भएपछि थप २८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

बैतडीका १४, कञ्चनपुरका १२ र डोटीका दुईजनालाई डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या चार हजार ८३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयकाअनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार १०३, अछामका ६६७, डोटीका ५७५, कञ्चनपुरका ५६६, बैतडीका ३१८, डडेल्धुराका २९९ जनालाई डिस्चार्ज गरिएको छ ।

यस्तै, बाजुराका ४३५, बझाङका १०७ र दार्चुलाका १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

अहिलेसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९५८ पुगेको छ । १० जना संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, महाकाली र सेती प्रादेशिक अस्पतालमा चार/चार, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा दुई/दुईजनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अरु संक्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP