२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

सुदूरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ र डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा ३ गरी १० जनामा संक्रमण पुष्टी भएको हो ।

सेती अस्पतालमा शनिबार दिउँसो साढे २ बजेसम्म ४ सय ७ जनाको स्वाव परिक्षण गर्दा कञ्चनपुरका ३ र कैलालीका ४ जनामा संक्रमण पुष्टी भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेद्वारा जारी परिक्षण सम्बन्धी विवरणमा भिमदत्त नगरपालिका कञ्चनपुरका १ पुरुष, कृष्णपुर नगरपालिकाका २ पुरुष तथा कैलालीको जोशीपुरका ४ पुरुषमा संक्रमण पुष्टी भएको हो ।

यसै गरी शनिबार नै डडेलधुरा अस्पतालमा सञ्चालित कोरोना परिक्षण प्रयोगशालामा गरिएको ३ सय ७८ जनाको स्वाव परिक्षणमा बझाङको केदार स्यू गाउँपालिकाका ३ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ श्रावण २४

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP