२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

डोटीका दुई र बैतडीका एक जनामा कोरोना संक्रमण : सुदुरश्चिममा संक्रमितको कुल संख्या ४,८८३पुग्यो

डोटी – २४ घण्टामा सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।

कूल १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ र १ सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको सायल गाउँपालिका –१ का २८ वर्षीय पुरुष र १० वर्षीय बालिका गरी २ जना, बैतडीको मेलौली नगरपालिका –७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८३ पुगेको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ श्रावण २२

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP