२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

डोटीका दुई र बैतडीका एक जनामा कोरोना संक्रमण : सुदुरश्चिममा संक्रमितको कुल संख्या ४,८८३पुग्यो

डोटी – २४ घण्टामा सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।

कूल १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ र १ सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको सायल गाउँपालिका –१ का २८ वर्षीय पुरुष र १० वर्षीय बालिका गरी २ जना, बैतडीको मेलौली नगरपालिका –७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८३ पुगेको छ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ श्रावण २२

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP