२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

विद्यार्थीको घरमै विश्व खाद्य कार्यक्रमको पौष्टिक आहार

राम बहादुर रावल

डोटी– विश्व खाद्य कार्यक्रमले लकडाउनलाई मध्यनजर गर्दै विद्यार्थीको घर–घरमा पुग्ने गरि पौष्टिक आहार वितरण गरेको छ । यस अघि सामुदायिक विद्यालयमा कक्षा एक देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा खुवाउदै आएको दिवा खाजा अन्तरगतको पौष्टिक आहार बराबरको खाद्यान्न घरमै पुग्ने गरि वितरण गरिएको हो ।

जिल्लाका एक सय ६८ विद्यालयमा अध्ययनरत २० हजार ९ सय ८० जना विद्यार्थीहरुको घरमा पौष्टिक आहार वितरण गर्ने कार्यक्रम रहेको विद्यालय दिवा खाजा कार्यक्रम डोटीका इकाई प्रमुख चेत बमले बताए । उनले कोरोना भाइरस कोभिड १९ को महामारीका बीच सरकारले आह्वान गरेको लकडाउनका कारण विद्यालयहरु बन्न रहेका कारण विद्यार्थीको घरमै पौष्टिक आहार पुग्ने गरि स्थानिय सरकार मार्फत वितरण गरिएको बताए ।

जिल्लाका एक सय ६८ विद्यालयमा डब्लुएफ्पीको आर्थिक सहयोग र शिक्षाका लागि खाद्य कार्यक्रमको नेतृत्वमा खाद्यान्न वितरण गरिने जिल्ला अधिकृत कुबेर खड्काले बताए । खड्काले रासन वितरणका लागि आईडिएस् नेपालका १० जना कर्मचारी जिल्लामा खटाइएको जानकारी दिए ।

विश्व खाद्य कार्यक्रम डोटीले शनिबार जिल्लाको शिखर नगरपालिका अन्तरगतका ९ वटा विद्यालयका ९ सय ३५ छात्रछात्रालाई पौष्टिक आहार वितरण गरेको छ । पौष्टिक आहारमा प्रति विद्यार्थी ७ किलो चामल र दुई किलो दाल वितरण गरेको हो ।

पौष्टिक आहार वितरण कार्यक्रममा डोटी जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐर, शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी, उप–प्रमुख धौली देवी रावल, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ असार २०

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP