२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा

कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए।  उनका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो। एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए। ‘उहाँको अवस्था अलिक जटिल देखिएपछि आइसियूमा भर्ना गर्यौं’ उनले भने, ‘तर उहाँको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।’

आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए। उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए। टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्। यो बेला थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने निर्देशक भण्डारीले बताए। पाटनमा पनि सातवटा मात्र आइसोलेसन बेड छ। पाटनमा बिरामी भरिए अस्पतालले सशस्त्र अस्पतालमा पठाउँछ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७६ चैत्र ५

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७६ चैत्र ५

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

विद्यालयलाई कम्प्युटर, प्रशिक्षार्थीलाई सिलाइ मेसिन
विद्यालयलाई कम्प्युटर, प्रशिक्षार्थीलाई सिलाइ मेसिन
  • २०७६ चैत्र ५

डोटी– आदर्श गाउँपालिकाका दुई वटा विद्यालयलाई कम्प्युटर र प्रिण्टर वितरण गरिएको छ । आदर्श गाउँपालिका वडा नं. ४ देहिमाण्डौंको प्रभात...

TOP