२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

परिक्षण नतिजा ढिला आउँदा कोरोनाको जोखिम बढ्यो

सुदूरपश्चिम प्रदेशमा क्वारेण्टाईनबाट घर गएपछि कोरोना पुिष्ट हुने क्रम बढेको छ । स्वाव संकलन गरेपछि नतिजा आउन ढिलाई हुँदा सुदूरपश्चिममा क्वारेण्टिनबाट घर गए पछि मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

हाल सम्म सुदूरपश्चिमका विभिन्न स्थानीय तहबाट क्वारेण्टिनमै बसेर घर गएका १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुराको गन्यापधुराका ५८, डोटीको शिखर नगरपालिका १४, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ र कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जनामा घर गएपछि कोरोना पुष्टी भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले क्वारेण्टिनमा बसेका नागरिकको स्वाव संकलन पछि नतिजा आउन ढिलाई हुँदा यस्तो समस्या भएको बताए । क्वारेण्टिनमा बसेको ७ दिन पछि नागरिकको स्वाव परिक्षण गरिदै आएको छ’ मेयर चौधरीले भने– रिपोट आउन १०–१२ दिन लागने गरेको छ, हामीले १४ दिन क्वारेण्टिनमा बसेकालाई घरपठाउने गरेका छौं ।’ क्वारेण्टिनमा बस्ने नागरिकलाई १४ दिन पछि लक्ष्यण नभेटिए घर पठाउनु भन्ने स्वास्थ्य निर्देशनालयको निर्देशन अनुसार आफुहरुले काम गर्दै आएको उनले बताए । मेयर चौधरीले भने– निर्देशन अनुसार हामीले शारीरिक रुपमा कुनै लक्षण नभेटिएका ७१ नागरिकलाई घर पठाएका थियौं, स्वावको रिपोर्टमा ३१ जनामा पोजेटिभ नतिजा आएपछि फेरी क्वारेण्टिनमा ल्याएका छौं ।’

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसिंह बडायकले पनि स्वास्थ्य निर्देशनालयको निर्देशनका आधारमा आफुहरुले नागरिकलाई १४ दिनमा घर पठाउने गरेको भएपनि स्वावको रिपोर्ट ढिलो गरी आउँदा समस्या भएको बताए । स्वाव परिक्षणको रिपोर्ट पर्खेर बसौ भने कहिले आउँछ भन्ने पत्तो हुँदैन’ उनले भने– अनिश्चित समय सम्म नागरिकलाई क्वारेण्टिनमा राख्दा व्यवस्थापन गर्न कठिनाई हुन्छ ।’

सुदूरपशिचम प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते क्वारेण्टिनमा बसेका नागरिकलाई १४ दिन पुगे पछि अनिवार्य घर पठाउन निर्देशन दिएको थियो । त्यस यता सुदूरपश्चिमका विभिन्न क्वारेण्टिनमा रहेका २२ हजार नागरिकलाई घर पठाइएको छ ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले संघिय परिपत्र अनुसार १४ दिन क्वारेण्टिनमा बसेका लाई घर पठाउन निर्देशन गरिएको बताए । १४ दिन क्वारेण्टिनमा बसेर फर्केपछि ७ दिन अनिवार्य होम क्वारेण्टिनमा बस्न हामीले नागरिकलाई आग्रह गर्दै आएका छौं’ निर्देशक अवस्थीले भने– कसैमा कोरोना पोजेटिभ भएर पनि लक्षण नदेखिएमा उनिहरुलाई समेत घरमै सुरक्षित बस्ने व्यवस्था गनुपर्ने हुन्छ ।’

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ असार ९

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP