सुदूरपश्चिममा आज थप १३७ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा ९६ र धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार १४४ पुगेको छ ।
आईतवारसम्म १००७ जनामा कोरोना रहेकोमा सोमवार १३७ जना थपिएका हुन् । काठमाडौमा थपिएकामा कैलालीमा ५८ जना, डडेल्धुरामा १५ जना, बैतडीमा १४ जना, डोटीमा ७ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीमा २२ जना, डडेल्धुरामा ३ जना, अछाममा ५ जमा, कंचनपुरमा ८ जमा र बझाङमा ३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय ४९, डडेल्धुरामा २०४, बैतडीमा १५७, कञ्चनपुरमा १०७, अछामका ६६, डोटीमा १५७ बाजुराका ७१, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका मध्ये पाँच जनाको मृत्यु भईसकेको छ जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...