२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

डोटीमा १४० जनामा कोरोना संक्रमण : जोरायल गाउँपालिकामा थपिए ७ जना संक्रमित

तिर्थराज भट्ट

डोटी- सोमबार डोटीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार सोमबार जोरायल गाउँपालिका वडा नं. १ का दुई जना पुरुष, वडा नं. २ का दुई जना महिला र तीन पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै डोटीमा मंगलबार सम्म संक्रमितको संख्या एक सय ४० पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सबै भन्दा बढी शिखर नगरपालिकाका ४५ जना, पूर्वीचौकी गाउँपालिकाका ४३ जना, आदर्श गाउँपालिकाका १७ जना, जोरायल गाउँपालिकाका १४ जना, दिपायल सिलगढी नगरपालिकाका १२ जना, बडीकेदार गाउँपालिकाका ४ जना, सायल गाउँपालिकाका ३ जना, र केआइसिंह गाउँपालिका २ जना गरी एक सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ असार ९

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP