२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटीमा १३३ जनामा कोरोना संक्रमण : सबैभन्दा बढी शिखर र पूर्वीचौकीमा

डोटी । आईतबार डोटीका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १४ जना र धनगढी प्रयोगमा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार आज पुर्वीचौकी गाउँपालिका वडा नं. ६ र ७ का ३ महिला, १२ पुरुष गरि १५ जना , शिखर नगरपालिका वडा नं. ७, १० र ११ का एक महिला, ३ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि आजै डोटीका २१ जना संक्रमित भनिएकोमा २ जनाको ठेगाना पुष्टि हुन सकेको छैन । शनिबार पनि डोटीका भनिएका १५ जना बैतडी जिल्लाका संक्रमित थिए ।

यो संगै डोटीमा संक्रमितको संख्या एक सय ३३ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सबै भन्दा बढी शिखर नगरपालिकाका ४० जना, पूर्वीचौकी गाउँपालिकाका ४३ जना, आदर्श गाउँपालिकाका १७ जना, दिपायल सिलगढी नगरपालिकाका १२ जना, जोरायल गाउँपालिकाका जना, बडीकेदार गाउँपालिकाका जना, सायल गाउँपालिकाका जना, र केआइसिंह गाउँपालिका जना गरी एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि पुष्टि भएका केआइसिंह गाउँपालिका ठेगाना भएका थप ४ जना कैलाली स्थित गौरीगंगा नगरपालिकामा रहेका छन् ।

डोटीमा रहेका एक सय ३३ जना संक्रमित मध्य हालसम्म ३४ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP