२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

विपद व्यवस्थापनका लागि डोटी काँग्रसको आकस्मिक कोष : केन्द्रीय सदस्य विष्टद्वारा डेढलाख जम्मा

डोटी- नेपाली कांग्रेस डोटीले जारी कोभिड–१९ महामारीलाई लक्षित गर्दै ‘आकस्मिक राहत कोष’ स्थापना गरेको छ । महामारीमा सिर्जना हुनसक्ने अवस्थालाई सामना गर्न र जनतालाई सक्दो सहयोग पु¥याउन कोष स्थापना गरेको जनाईएको छ ।

सो कोषमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस नेपाल–अमेरिका जनसम्पर्क समितिका अध्यक्ष आनंद विष्टले एकलाख ५१ हजार जम्मा गरेका छन् । सो रकम अमेरिकाबाटै कोषको खातामा जम्मा गरेको नेता विष्टले बताए ।

‘महामारीमा कांग्रेस डोटीले दायित्वबोध गरेर आकस्मिक कोष स्थापना गरेर सह्राहनिय काम गरेको छ,’ विष्टले भने,‘यसलाई बलियो बनाउने र विपदमा परेका जनसमुदायको हित गर्ने दायित्व हामी सबैको हुन्छ । तसर्थ मैले सक्दो सहयोग गरेको छु ।’ आवश्यक परेको खण्डमा थप सहयोग गर्ने र जुटाउने उनले बताए ।

नेपाली कांग्रेस डोटीका सभापती प्रदीप देउवाले कोषमा उठेको रकमले कोरोना महामारीले समस्यामा रहेका डोटीका नागरिकहरुको राहतमा प्रयोग गरिने बताए । ‘सरकारको लाचारी र गैह्रजिम्मेवारीपनले कोरोना महामारी निकै जटिल रुप लिने स्थितीमा छ,’ उनले भने,‘यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्ने अवस्था हुदैन् । त्यसैले नागरिकको हितका लागि हामीले यो अभियान थालेका छौ ।’ सो कोषमा आवश्यक सहयोग गर्न उनले अपीले गरे । ‘निकै कठिन अवस्था सिर्जना हुदैछ । यसमा जनतालाई जोगाउन, भोकभोकै मर्नबाट बचाउन हामी सबैको भूमिका हुनुपर्छ । यसैले सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ असार ६

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP