२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कोरोनाकाबाट मृत्यु भएकाको सम्पर्कमा आएका चार जनामा कोरोना पुष्टि

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका १ मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ बर्षिय पुरुषको सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ बर्षिय छोराहरुमा कोरोना संक्रमण पृष्टि भएको हो ।

त्यस्तै सोहि ठाउँका ५८ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृत्यु भएका ४६ बर्षिय पुरुषमा जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै असार २ गते गोदावरी नगरपालिका २ का ५२ बर्षिय पुरुषको सम्पर्कमा आएकाहरुको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

दुबै संक्रमितको सम्पर्कमा आएका १० जनाको स्वास्व संकलन गरिएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले संक्रमण भेटिएकाहरुको घर सिल गरेको छ । उनीहरुको घर संगै वडा नम्बर १ को भरतपुर टोल ९भालुखोला टोल० नै सिल गर्ने तयारी गरेको छ ।

गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगको छ भने एक जनाको मृत्यु भएको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ असार ५

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP