२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

पश्चिम महिला जागरण समूहले डोटीमा स्वास्थ्य सामग्री पठाउदै

डोटी- पश्चिम महिला जागरण समूहले डोटीमा स्वास्थ्य सामग्री पठाउने भएको छ । कोरोना जोखिममा रहेको जिल्लाको शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाका लागि स्वास्थ्य सामग्री पठाने तयारी भएको समुहकी अध्यक्ष गोदावरी सिंह शाहीले बताइन् ।

उक्त स्वास्थ्य सामग्री पश्चिम महिला जागरण समूहको संयोजनमा संकलन गरिएको हो । मंगलबार काठमाडौं स्थित रैका टुर्स एण्ड ट्रेक्सको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ललितपुरस्थित प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको तर्फबाट वरिष्ट कलाकार हरीवंश आर्चाय, समाजेवी रमीला आर्चाय, संस्थाकी अध्यक्ष समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा, सिगांपुर रेडक्रसका नेपाल प्रतिनिध कल्पना छेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले सुदुरपश्चिममा कार्यरत पश्चिम महिला जागरण समूहकी अध्यक्ष गोदावरी सिंह शाहीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पीपीई सेट, गम बुट, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाईजर दस दस थान र २४ सेट फस्टएड किड लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

डोटी जिल्ला भारतबाट फर्किनेको संख्या बढ्दै गएका कारण स्वास्थ्य कार्यालयहरु र क्वारेनटाईनमा स्वास्थ्य सामाग्रीको अभाव खट्किदा समस्या उत्पन्न भएको कुरालाई मध्यनजर गर्दै रैका टुर्स एण्ड ट्रेक्सका तर्फबाट प्रवन्ध निर्देशक अमर बहादुर शाहीले डोटीका दुई स्थानीय तहलाई २००० थान मास्क, २०० थान सेनिटाइजर र २० दर्जन साबुन उपलब्ध गराएका थिए ।

स्वास्थ्य सामग्री उपलब्ध गराउने संस्था र व्यक्तिप्रति आभार प्रकट गर्दै प्राप्त स्वास्थ्य सामग्रीमा अरु माक्स थपेर यथाशीध्र सम्बन्धित निकायमा पु¥याउने समूहकी अध्यक्ष शाहीले बताइन् ।

सामग्री हस्तानतरण कार्यक्रममा रैका ट्राभल्स एण्ड टुर्समा कार्यरत कर्मचारी र पश्चिम महिला जागरण समूहका कार्य समितीका पदाधिकारीहरुको समेत उपस्थिति रहेका थियो ।

पश्चिम महिला जागरण समूहले यस अघि पनि सुदूरपश्चिमको सामाजिक विकासमा योगदान पु¥याउँदै आएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ असार ३

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP