२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

सुदूरपश्चिममा भिटिएम अभावका कारण फेरि रोकियो स्वाव संकलन

धनगढी – सुदूरपश्चिम प्रदेशमा काेराेना परीक्षणका लागि स्वाव संकलन कार्य फेरि रोकिएको छ । यसअघि परीक्षण क्षमता पर्याप्त नहुँदा रोकिएको स्वाव संकलन कार्य बीचमा सुचारु भए पनि अहिले भिटिएम (स्वाव राख्ने भाँडो) नहुँदा फेरि रोकिएको हो ।

थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाव संकलन मंगलबार देखि पूर्ण रुपमा रोकिएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

‘स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दात सकिएको छ,’ डाक्टर अवस्थीले भने– ‘भिटिएम सकिएपछि अहिले पूर्ण रुपमा स्वाब संकलनको कार्य पनि रोकिएको छ ।’

उनले भिटिएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको बताए । मंगलबार यता सुदूरपश्चिम प्रदेशमा शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाव संकलन हुन सकेको छैन।

यसअघि संकलन गरीएका दुई हजार ६६ जनाको स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा अब धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरीएको आरटी–पीसीआर मेसिनमा स्वाव नभएर परीक्षण नै बन्द हुने देखिएको छ ।

यस अघि सुदूरपश्चिममा प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएकाले पाँच दिनका लागि स्वाव संकलन रोकिएको थियो ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७७ असार ३

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP