डोटी – गत जेठ १९ गते शिखर नगरपालिका–३ का २५ वर्षिय युवामा कोरोना पुष्टि भयो । उनी डोटीको पहिलो संक्रमित थिए ।
त्यसअघि ११ गते गौरिफण्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखी शिखर नगरपालिकाले बनाएको क्वारेन्टीनमा थिए । १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तिनजनालाई जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरी स्वाँब परिक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भयो । छोरा र श्रीमतीमा भने दुईपटकसम्म जाँच गर्दा पनि रिपोर्ट ‘नेगेटिभ’ आयो ।
ती युवकमा संक्रमण पुष्टि भएसंगै एउटै क्वारेन्टीनमा बसेका ३१ जना अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ संकलन भएको थियो । उनीहरुमध्ये २८ जनाको रिपोर्ट सोमबार आउदा १४ जनामा कोरोना पुष्टि भएको छ ।
ढिलोगरी परीक्षणको नतिजा आउदा संक्रमित पाईएकाहरु सबै घर–घर पुगिसकेका छन् । ‘समयमा रिपोर्ट आएन,’ शिखर नगरपाकिलाका स्वास्थ्य इकाई प्रमुख हरिष शाहले भने, ‘पहिलो संक्रमित सरकारको मापदण्डअनुसार आईसोलेसनबाट डिस्चार्ज भएर घर पठाईएपछि उनीहरु पनि कर गरेर उनीहरु पनि घर गईसकेका छन् ।’ उनका अनुसार थप संक्रमित पाईएकाहरु जेठ ३० गते ‘होम क्वारेन्टीनमा बस्ने वाचा’सहित घर पठाईसकिएका छन् ।
पहिलो संक्रमितलाई कुनैपनि लक्षण नदेखिएकोले १४ दिन आईसोलेसनमा राखखेपछि जिल्ला अस्पतालले जेठ २९ गते नै डिस्चार्ज गरेको थियो । सरकारको ‘आईसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेको जनाएको थियो । सोही अनुसार उनको ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा स्वाब संकलन गरी पठाईएकाहरुको नतिजाआउनु अगावै घर पठाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
‘समयमा नतिजा आएको भएपनि उनीहरुको डिस्चार्ज हुने समय भोली हुनेथियो,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने,‘ढिलो भएर समस्या भयो ।’ अब उनीहरुलाई अझै केहीदिन ‘होम’आइसोलेसनमा बस्न सुझाव दिईने उनले बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० दिनपछि संक्रमण हुदैन भन्ने छ । त्यसैले होम आईसोलेसनमा बस्न भन्छौ,’ उनले भने ।
सोमबारै डोटीमा अन्य थप ६ जनागरी २० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये अन्य तिनजना शिखर नगरपालिकाका, दुईजना आदर्श गाउँपालिकाका र एक जना पूर्वीचौकी गाउँपालिकाका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
योसंगै डोटीका संक्रमित हुनेको संख्या ३७ पुगेको छ । तीनजनालाई सरकारको मापदण्डअनुसार १४ दिन आईसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...