२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डोटीका १७ जनामा कोरोना संक्रमण : कुन स्थानीय तहका कति ?

डोटी । डोटीमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार डोटी थप ४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा एक महिला र दुई पुरुष छन् ।

सायल गाउँपालिकका वडा नं. २ का २१ बर्षीय महिला र वडा नं. ३ का २८ बर्षीय पुरुष, दिपायल सिलगढी नगरपालिका वडा नं. ८ का ३० र ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमति चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने चारै जना सम्बन्धित स्थानिय तहको आइसोलेसनमा रहेका छन् ।

यस अघि शनिबार जोरायल गाउँपालिका वडा नं. २ का २६ बर्षीय महिला, ४२ बर्षीय पुरुष र सायल गाउँपालिकाका वडा नं. २ का ६० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । जोरायल गाउँपालिकाका संक्रमित गाउँपालिकाको आइसोलेसनमा रहेकाछन् भने सायल गाउँपालिकाका संक्रमित जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै पूर्वीचौकी गउँपालिकाका ५ जनामा पनि यसअघि नै कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा ४ र वडा नं. ७ का पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि शिखर नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुषमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितलाई १४ दिन जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको भन्दै उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । अहिले उनि होम क्वारेण्टाइनमा बसेका छन् ।

त्यस्तै जिल्लाको केआईसिंह गाउँपालिकाका ५ बर्षीय बालक, २८ बर्षीय पुरुष, २ बर्षीय बालिका र २७ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर उनिहरु कैलालीस्थित गौरीगंगा नगरपालिकाको क्वारेण्टाइनमा बसेका थिए । हाल चारै जना गौरीगंगा नगरपालिकाको आइसोलेसनमा रहेकाछन् ।

१७ जना संक्रमित मध्य १३ जना जिल्ला भित्रै छन् भने ४ जना संक्रमित कैलालीको गौरीगंगा नगरपालिकामा रहेका छन् । अहिले सम्म भारतबाट आएका नागरिकमा मात्रै संक्रमण पुष्टि भएकोे छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ ३२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP