२०७९ चैत्र ६, सोमबार
March 20, 2023, Monday

लक्षण नदेखिएपछि डोटीका पहिलो कोरोना संक्रमितलाई घर पठाइयो

डोटी- डोटीका कोरोना संक्रमितलाई आस्पतालबाट डिस्चार्ज गरिएको छ। डोटी अस्पतालको आइसोलेसनमा रहेका शिखर नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय युवकलाई अस्पतालले डिस्चार्ज गरेको हो।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्नेगरि अस्पतालबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिका अनुसार उनलाई घर पठाएको डोटी अस्पतालका मेसु डा ज्योती पाण्डेयले बताइन्।  उनमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएपछि सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने गरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

अब डोटी अस्पतालको आइसोलेसनमा दुई जनाको उपचार भइरहेको छ। उनीहरुमा पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको मेसु पाण्डेयले बताइन्। 

भारतबाट फर्किएर शिखर नगरपालिकाले स्थापना गरेको क्‍वारेन्टाइनमा बसेका उनलाई छोराको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल डोटी आएका थिए । सँगै आएका छोरा र श्रीमतीको नतिजा भने नेगेटिभ देखिएको थियो ।

डोटीका १० जना संक्रमितमध्य अन्य पाँच जना संक्रमित डोटीमा छन्  भने ४ जना कैलालीमा छन् । जसमध्ये पूर्वीचौकी गाउँपालिका–७ का २५ र २३ वर्षीय संक्रमित जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन् । सोही गाउँपालिका अन्य ३ जना भने गाउँकै क्‍वारेन्टाइनमा आइसोलेट गरिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

त्यस्तै केआईसिंह गाउँपालिका घर भएका ४ जनालाई कैलालीको गौरिगंगा नगरपालिकाको क्वारेण्टाइनमा राखिएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP