सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ । आज थप १० जनामा देखिए संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्राितको संख्या १ सय ५८ पुगेको हो ।
आज धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार आज पुष्टि भएकामा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको हो । कैलालीमा आज थपिएकामा टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा रहेका छन ।
उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५५ जना, कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४०, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...