२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

कोरोना : चेकजाँचपछि मात्रै जिल्ला छिर्न पाइने

स्याङ्जा । कोरोना भाइरसको सचेतना सगै गण्डकी प्रदेश छिर्ने मुख्य नाकामा हेल्थ डेक्स स्थापना गरिएको हो । गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सिमाना राम्दीमा हेल्थ डेक्स स्थापना गरिएको हो । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई प्रदेशको सिमाना रहेको राम्दीमा हेल्थ डेक्स राखेर गण्डकी प्रदेश छिर्ने सबै यात्रुलाई चेकजाँच पछि मात्रै आउने र जाने व्यवस्था गरिएको छ ।

भारतसहित पाँच नम्बर प्रदेशबाट भित्रिने यात्रुहरुको स्वास्थ्य परिक्षण गर्नका हेल्थ डेस्क स्थापना गरिएको गल्याङ नगर प्रमुख भुपराज अधिकारीले बताए ।  अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिए भएपनि सचेतना भने अपनाउने अवस्था आएकाले यो हेल्थ डेक्स स्थापना गरिएको अधिकारीले बताए ।

पर्यटकीय शहर पोखरा र मुक्तिनाथको दर्शन गर्न भारतीय नागरिक सहित प्रदेश ५ बाट आउने यात्रु प्रवेश गर्ने मुख्यद्धार राम्दी हो नगर प्रमुख अधिकारीले भने,“ कोरोनाको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउन जरुरी छ ” कोरोना संक्रमणको अन्त्य नभएसम्म हेल्थ डेस्क यथावत रहने छ उनले भने ।

 सिद्धार्थ राजमार्गको बाटो हुदै स्याङ्जा प्रवेश गर्ने सबै यात्रुको चेकजाँचपछि मात्रै जिल्ला छिर्न पाइने व्यवस्था सहित नगरपालिकाले हेल्थडेक्स राखेको छ । यात्रुको चेकजाँच पछि शंकास्पद भएमा पोखरामा रहेको आईसोलेसनमा पठाईने नगर स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले बताए । दुई स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी हेल्थडेक्सका लागि खटाइएको नगरपालिकाले जनाएको छ ।  

कोरोना संक्रमणबाट साबधानी अपनाउन गल्याङ नगरपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । नगरबासीहरुलाई धेरै नआत्तिन र सचेत रहन आग्रह गर्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन हुने नगर प्रमुख अधिकारीले बताए ।

 गल्याङ नगरपालिकामा पनि मास्कको अभाव भएको बताइएको छ । मास्कको कालोबजारी भएको वा नभएको बिषयमा छिट्टै अनुगमन थाल्ने नगरपालिकाले जनाएको छ । स्याङ्जामा अहिले सम्म मौसमी फ्लु देखिएपनि कोरोना संक्रमणको शंका भने नरहेको बताइएको छ । संक्रमण नदेखिएपनि सावधानी र सचेतना गर्न भने जिल्ला प्रशासन कार्यालयले सबै स्थानीयतहमा निर्देशन समेत दिएको छ ।

Related News

कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार
कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार
  • २०७६ चैत्र ४

डोटी- आदर्श गाउँपालिका–१ चाँसी कोरोना केन्द्र स्थल (कोरोना हब) बनेको छ । एउटै गाउँका ९० जना भन्दा बढीमा कोरोना भाइरसको...

रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान
रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान
  • २०७६ चैत्र ४

कैलाली– सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय...

डोटीमा कांग्रेसको कोभिड -१९ अनुगमन समिति विस्तार, महामारी नियन्त्रणका लागि काम गर्ने
डोटीमा कांग्रेसको कोभिड -१९ अनुगमन समिति विस्तार, महामारी नियन्त्रणका लागि काम गर्ने
  • २०७६ चैत्र ४

डोटी – डोटीमा नेपाली कांग्रेसको कोभिड –१९ अनुगमन समिति विस्तार गरिएको छ । केन्द्रमा पार्टीका सहमहामन्त्री प्रकाशरण महतको संयोजकत्वमा रहेको...

TOP